मन्त्रीका सदावहार पिए अख्तियारको ‘राडार’मा,खोसियो सिडियोको जिम्मेवारी

काँग्रेसी मन्त्रीहरुका सदावहार पिए (निजी सचिव) अख्तियारको राडारमा तानिएका छन् । गत भदौं ९ मा प्रमुख जिल्ला अधिकारी बनेर म्याग्दी पुगेका उनै उपसचिव अख्तियारको राडारमा रहेको खुलेसँगै गृहले आइतबार उनलाई मन्त्रालयमा तानेको छ । गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीलाई मन्त्रालयमा तानेर त्यहाँ रवीन्द्र आचार्यलाई नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको छ । आचार्य गृहको सूचना अधिकारीको जिम्मेवारीमा थिए ।

बिज्ञापन

तिवारी भिजिट भिसा प्रकरणमा अख्तियारको राडारमा छन् । गृहमन्त्री रमेश लेखक हुँदा उनको निजी सचिव रहेका तिवारी भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानको दायरामा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयका तत्कालीन प्रमुख तिर्थराज भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा तिवारीमाथि पनि अनुसन्धान गरिने अख्तियारले जनाएको छ ।

बिज्ञापन

तत्कालीन समयमा गृह प्रशासन नै पर्वते र तिवारीहरुको् कब्जामा रहेको थियो । सो समयमा गृहमन्त्री लेखकको स्वकीयमा बद्री तिवारी र काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ऋषिराम तिवारी छन् । यी दुबै तिवारीको पछिल्लो समय गृह प्रशासन कब्जामा थियो । तिवारी सदावहार काँग्रेसी मन्त्रीका पिएका रुपमा चिनिन्छन् । केही समय डिभिजन सहकारी कार्यालय ललितपुर,दिल्ली दुतावासमा बसेका उनी लेखक राज्यमन्त्री हुँदा उनकै सचिवालयमा बसेर उठ्ती पुट्तीमा सक्रिय थिए । त्यतिबेला पनि तिवारीले म्यानपावर ब्यावशायीहरुसँग पैसा उठाउने गरेको अरोप लागेको थियो । उनी यस अघि सुजाता कोइराला मन्त्री हुँदा होस वा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनको पनि सचिवालयमा रहेका तिवारीले आतंक मच्चाए पछि त्यहँँबाट हटाएर नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहायक कन्सुलरको खटाइएको थियो । पनि उनै लेखकले तिवारीलाई गृहमा भित्र्याइएका थिए । यस्का अलवा गणेशदत्त ओझा समेत अख्तियारले डामेका कर्मचारीका रुपमा चिनिन्छन् । ओझा कैलालीको मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा नीतिगत निर्णय गरी ५४ लाख राजश्व छुट प्रकरणमा अख्तियारले डामेका अधिकृत थिए । उनको समयमा गृहको कर्मचारी खटन पटन गरिँदा विवादित कर्मचारीहरुलाई आकर्षक ठाउँमा खटाइएको छ ।

‘प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको निवेदनसाथ प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सिडिआर विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको सन्दर्भमा निज प्रतिवादी तीर्थराज भट्टराईको तत्कालीन गृहमन्त्री, गृह सचिव, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्तिसुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने देखिएकाले बदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरू संलग्नताका सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ अख्तियारले बिहीबार मात्रै पेस गरेको भिजिट भिसासम्बन्धी आरोपपत्रमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

बिशेष