अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणमा तत्कालीन गृहमन्त्री,सचिव,सहसचिवदेखि मन्त्रीका स्वकीयसम्मलाई राडारमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ । जसमध्येका एक हुन जेनजी विद्रोह दमन गर्ने भूमिका खेलेको आरोप लागिरहेका सहसचिव छवि रिजाल,जो अहिले संघीय मामिला तथा सामान्यको बरण्डामा छन् ।

बिज्ञापन

रिजाल काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अगाडि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख थिए । त्यहीँ हुँदा उनले निर्वाह गरेको भूमिकालाई पेशागत मर्यादा विपरित रहेको अख्तियारले निष्कर्ष निकालेको छ । तत्कालीन गृहमन्त्री रमेश लेखकसँगको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोप छ ।

बिज्ञापन

भिजिट भिसामार्फत विभिन्न देशमा विदेश पठाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट हुने ‘सेटिङ’मा दुई ट्राभल कम्पनीका सञ्चालकमार्फत घुस लेनदेन हुने गरेको भेटिएसँगै अख्तियारले तत्कालीन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई ७९ लाख ८० हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

त्यस्तै सम्पत्ति शुद्धीकरणमा १ करोड ३ लाख ७९ हजार ६ सय रूपैयाँ मागदाबी गरिएको छ । कविता र खेमप्रसादलाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दा लाइएको छ । भट्टराईले कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्याललाई घरमै बोलाएर ८ लाख दिएको स्वीकृति बयान पाएको अख्तियारले जनाएको छ। त्यस्तै, रेष्टुरेन्टको झोलामा ‘पार्सल’ दिएझैँ गरी रकम बुझाउने र भट्टराई स्वयं त्यसै झोला लिन आउने गरेको विवरण पनि बयान, सन्देश र डायरीका नोटबाट प्रमाणित भएको छ ।

बिज्ञापन

अख्तियारले विशेष अदालतमा भट्टराईसहित यज्ञराज अर्याल, बालकृष्ण खड्का, दीपक भण्डारी, राम खड्का, कविता पौडेल, खेमप्रसाद सुवेदी, ग्रिनलाइन होलिडेज प्रालि, फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालि विरुद्ध मुद्दा दायर गरेको हो ।
यस्तै अख्तियारले तत्कालीन गृहमन्त्री लेखक, उनको सचिवालयका कर्मचारी र गृहका अन्य अधिकारीहरू पनि शंकाको घेरामा तानिएका थिए । त्यस क्रममा अख्तियारले तत्कालीन गृहमन्त्री लेखकका स्वकीय सचिव जनक भट्ट र उनकै सचिवालयमा कार्यरत उपसचिव बद्री तिवारीसँग पनि बयान लिएको थियो । अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ ।

गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्टसँगको सेटिङ, गृहसचिव गोकर्णमणि दुवाडी एवं अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँगको अस्वभाविक गतिविधि र डायरीलगायतका विवरणमा नाम उल्लेख भएकाहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘ठूलो क्रान्तिकारी कदम नचाली कर्मचारीतन्त्र सुध्रदैन’

मलाई सफल पार्न आर्दश श्रेष्ठको ठूलो हात छ :प्रधानमन्त्री कार्की

सरकार बनेपछि कर्मचारी ट्रेड युनियन खारेज गरिने : हरि ढकाल

अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

बिशेष