थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले थारु समुदायमा व्यापक रूपमा देखिँदै आएको सिकलसेल एनिमिया पहिचान तथा अनुसन्धानका लागि पहिलोपटक ठुलो संख्यामा परीक्षण अभियान सुरू गरेको छ। दाङका १० वटै पालिकाका जनप्रतिनिधिसँग शुक्रबार भएको छलफलमा प्रतिष्ठानले शनिबारदेखि ५ हजार जनामा परीक्षण सञ्चालन हुने जानकारी दिएको हो।

बिज्ञापन

 

बिज्ञापन

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार सिकलसेल जाँच गर्ने आधुनिक मेसिन भित्रिएपछि तत्काल परीक्षण अभियान विस्तार गरिएको हो। “अहिले सम्म ३१५ जना रोगीलाई औषधि तथा उपचार सेवा दिइँदै आएको छ। एक वर्षदेखि ६५ वर्षका उमेर समूहमा सिकलसेल भेटिएको छ,” प्रा. लम्सालले बताए।

 

बिज्ञापन

उनका अनुसार एउटै परिवारका चार जनासम्ममा सिकलसेल फेला परेको तथ्यांकले यो रोग वंशाणुगत रूपमा फैलिएको पुष्टि गरेको छ। थारु समुदायमा बढी देखिए पनि योगी र दलित समुदायमा पनि यसले असर गरिरहेको प्रतिष्ठानको अध्ययनले देखाएको छ।

 

निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले सिकलसेल परीक्षण अब दाङमै हुने भएपछि बिरामीलाई लामो दूरी धाउनुपर्ने झन्झट हटेको बताए। “पहिले जिल्ला बाहिर जानुपर्ने अवस्था थियो, अब स्थानीय स्तरमै चेकजाँच हुने भएपछि उपचार सहज हुन्छ,” उनले भने।

 

प्रतिष्ठानले परीक्षणबाट प्राप्त तथ्यांक भविष्यको अध्ययन अनुसन्धानका लागि महत्वपूर्ण आधार बन्ने विश्वास राखेको छ। प्रतिष्ठान आफैं विश्व विद्यालय भएकाले रोग पहिचानदेखि नीति निर्माणसम्म योगदान हुने अपेक्षा गरिएको छ।

 

सिकलसेलको वैज्ञानिक सम्बन्ध

 

विभिन्न अनुसन्धानमा प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया बढी हुने क्षेत्रमा सिकलसेल बढी पाइनु पुष्टि भएको छ। वैज्ञानिक अनुसार मानव शरीरले मलेरियाबाट बच्ने प्राकृतिक प्रतिक्रिया स्वरूप रक्त कोषिकाको आकार हसियाजस्तो ‘सिकल’ रूप लिन्छ, जसलाई फ्याल्सिपेरम मलेरियाले आक्रमण गर्न सक्दैन। यही कारण यो रोग विशेष भौगोलिक तथा जातीय समुदायमा बढी देखिने बताइन्छ।

 

यो खानपानको कारणले होइन, पूर्ण रूपमा वंशाणुगत रोग हो। यदि माता–पिता दुवैमा सिकलसेल जीन भए मात्रै सन्तानमा रोग देखिने सम्भावना हुन्छ। नेपालमा यो सम्बन्धमा विस्तृत अध्ययन नभएको तथा अधिकांश थारु समुदायमा अनुसन्धान नभएको स्वास्थ्यकर्मीको टिप्पणी छ।

 

थारु समुदायका किशोर–किशोरी जोखिममा

 

विशेष गरी थारु किशोर–किशोरीमा रगतको कमी, हड्डी तथा मेरुदण्ड दुखाइ, जण्डिस, छाला फिक्का, पेट दुखाइ, चिसो मौसममा निमोनिया जस्ता लक्षण देखिए उपचार गर्नुपर्छ। धेरै बालबालिका सिकलसेल पहिचान हुनुअघि नै निमोनियाबाट मृत्यु हुने तथ्यांकले चिन्ता बढाएको छ।

 

समयमै उपचार गरिए बचाउन सकिन्छ जीवन

 

यसको पूर्ण उपचार नभए पनि फोलिक एसिड, पेनिसिलिन, दुई वर्षमा एकपटक निमोनिया विरुद्धको खोप, समय–समयमा रगत परीक्षण तथा आवश्यक परे रगत चढाइने उपचारले अवस्था सुधारिन्छ।

 

चिकित्सकले अत्यधिक चिसो र गर्मीबाट जोगिन, पर्याप्त पानी पिउन, झोलिलो खाद्य सेवन गर्न र समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।

 

राप्ती प्रतिष्ठानको अभियानले थारु समुदायमा विषम रूपमा फैलिँदै गएको सिकलसेल जोखिम पहिचान र नियन्त्रणका लागि महत्वपूर्ण कदमको रूपमा सराहा पाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष