दुईतिर डुंगामा ढुंगनाको खुट्टा,तोयमलाई पर्यो महालेखापरीक्षकको चिठ्ठा

एउटै खुट्टा दुईतिर टेक्दा यस पटक पूर्व अर्थ सचिव शिशिर ढुंगना चिप्लिएको चर्चा एमाले क्याम्पमा चल्न थालेको छ । ११ महिना अघि महालेखापरीक्षकका रुपमा कार्यरत टंकमणि शर्मा घर फर्किएसँगै रिक्त थियो उक्त पद ।

बिज्ञापन

७ जेठ २०८० मा महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको थियो । २ भदौसम्म १६ जनाले महालेखापरीक्षक बन्न दाबी गरेका छन् । त्यसरी दाबी गर्ने तथ्यांक सचिव तोयम रायका अलवा कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्ले, उपमहालेखा परीक्षक बामदेव शर्मा अधिकारी, पूर्वसचिव शिशिरकुमार ढुंगाना, राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शंकर खरेल, बाबुराम गौतमले आवेदन दिएका थिए । यस्तै महालेखामै नायब महालेखापरीक्षक पदमा कार्यरत सहसचिव बैकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारी,विवादित चार्डर्ट एकाउन्टेन्टहरु सुबोधकुमार कर्ण र हरि सिलवालहरुले दरखास्त दिएका थिए ।

बिज्ञापन

संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश विशम्म्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना मगर छन् । केपी शर्मा ओलीले चाहेको व्यक्ति नै महालेखापरीक्षक बन्ने स्थिति थियो । यसकारण चर्चामा थिए पूर्व अर्थ सचिव शिशिर ढुंगना । तर बाजी मारे,तोयम रायाले । यी सबैलाई पछि पार्दै सचिव राय ६ बर्षे कार्यकालका लागि महालेखापरीक्षक नियुक्तका लागि सिफारिस भए । जबकी सरुवाको लिष्टमा उनलाई तथ्यांक कार्यालयबाट तानेर उद्योगमा ल्याउने सुरसार चल्दै थियो तर घर जानु ६ महिना अगाडि ढुक्कैले ६ बर्ष कार्यकालका लागि जागिर सुरक्षित पारे तोयमले । रायको नाममा केपी ओली अडिएपछि राजनीतिक स्रोतले बालुवाटार,बूढानीलकण्ठ र बालकोट सबैलाई मिलाउन उनी सफल भएको अर्थ लगायो । अस्तिको बैठकमा सहर्ष उनको नाम चयन हुनुलाई प्रशासन र राजनीतिक दुवै क्षेत्रमा सुखद आश्चर्यको रुपमा लिइएको बताइन्छ ।

अर्थबाट बाहिरिएपछि लोकसेवा आयोग ताकेका र त्यहाँ पनि ठाउँ नपाएका शिशिर प्रमुख महालेखा परीक्षक बन्ने पक्कापक्की थियो तर उनले अर्थमन्त्री बर्षमान पुनसँग सम्बन्ध बढाएको थाहा पाएपछि बालकोट चिढिएका कारण उनी महालेखा परीक्षक बन्नबाट चुकेको चर्चा एमाले निकट पूर्व प्रशासकहरुबीच चल्ने गरेको छ । ‘बालकोटले निकै भरोसा गर्दै आएको अवस्थामा उनी अर्थमन्त्री वर्षमान पुनसँग नजिकिएपछि निर्णय रायको पोल्टामा परेको हुनुपर्छ’ एमाले निकट एक जना पूर्व प्रशासकले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष