सच्याउला त सरकारले कर्मचारीको असमान मर्यादाक्रम ?

उही तह,समान श्रेणी तर मर्यादाक्रममा संघीय सेवाका कर्मचारी,उनीहरु भन्दा निकै पछाडि प्रदेशका कर्मचारी । यही मर्यादाक्रममा रहेको असमानताको खाडल पुर्नुपर्ने र पुनरावलोकन हुनुपर्ने आवाज उठ्न थालेको छ,कर्मचारी वृत्तबाट ।

बिज्ञापन

त्यही असमान मर्यादाक्रम मिलाउनुपर्ने माग राखेर केही कर्मचारीहरुले प्रदेशका मुख्यमन्त्री हुँदै संघीय सरकारका गृहमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाएका छन् ।

बिज्ञापन

प्रदेशका निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत समान तह/श्रेणीका निजामती कर्मचारीले मर्यादाक्रमको एउटै हुनुपर्ने माग राख्दै गृहमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाल सरकारले २०७६ वैशाख १६ मा प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको विपरित रहेको उनीहरुको ठहर गर्दै उनीहरुलाई संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकारिताको भावनानुसार समान तह/श्रेणीका कर्मचारीहरुको मर्यादाक्रम तीनवटै तहमा एउटै हुनु पर्ने उनीहरुको माग छ।

बिज्ञापन

२०७८ माघ १२ गतेको सर्बोच्च अदालतको पूर्ण इजलासले समेत समान तहका कर्मचारीलाई समान मर्यादाक्रममा राख्नुपर्ने स्पष्ट निर्देशन दिएको भए पनि संघका अधिकारीलाई प्राथमिकता दिंदै आदेशको उल्लंघन हुँदै आएको छ ।

तीनै तहमा कार्यरत निजामती कर्मचारीबिच मर्यादाक्रमका कारण सिर्जित असमानता हटाइएमा संघीय प्रशासनिक संरचना थप प्रभावकारी, कार्यशील हुने उपसचिवहरुको ठहर छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पेशागत फाँटबाट को को चुनिए प्रतिनिधि ?

सच्याउला त सरकारले कर्मचारीको असमान मर्यादाक्रम ?

स्थानीय सेवा ऐन संशोधन गरी मंसिरभित्रै नियमावली ल्याइने

तत्कालीन मुख्यसचिवले ‘होल्ड’मा राखेको विवादित नियुक्ति सुमनराज अर्यालले गरे प्रमाणीत

यी १५ निकायका ओएनएम स्वीकृत

जेन्जी सिद्धान्तअनुरूप सेवा प्रवाह: भक्तपुर नापी प्रमुखको स्पष्ट घोषणा

कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा राजस्व सचिव बराल नियुक्त

मन्त्रिपरिषद्को २७ बुँदे निर्णय सार्वजनिक

बिशेष