सच्याउला त सरकारले कर्मचारीको असमान मर्यादाक्रम ?

उही तह,समान श्रेणी तर मर्यादाक्रममा संघीय सेवाका कर्मचारी,उनीहरु भन्दा निकै पछाडि प्रदेशका कर्मचारी । यही मर्यादाक्रममा रहेको असमानताको खाडल पुर्नुपर्ने र पुनरावलोकन हुनुपर्ने आवाज उठ्न थालेको छ,कर्मचारी वृत्तबाट ।

बिज्ञापन

त्यही असमान मर्यादाक्रम मिलाउनुपर्ने माग राखेर केही कर्मचारीहरुले प्रदेशका मुख्यमन्त्री हुँदै संघीय सरकारका गृहमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाएका छन् ।

बिज्ञापन

प्रदेशका निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत समान तह/श्रेणीका निजामती कर्मचारीले मर्यादाक्रमको एउटै हुनुपर्ने माग राख्दै गृहमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाल सरकारले २०७६ वैशाख १६ मा प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको विपरित रहेको उनीहरुको ठहर गर्दै उनीहरुलाई संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकारिताको भावनानुसार समान तह/श्रेणीका कर्मचारीहरुको मर्यादाक्रम तीनवटै तहमा एउटै हुनु पर्ने उनीहरुको माग छ।

बिज्ञापन

२०७८ माघ १२ गतेको सर्बोच्च अदालतको पूर्ण इजलासले समेत समान तहका कर्मचारीलाई समान मर्यादाक्रममा राख्नुपर्ने स्पष्ट निर्देशन दिएको भए पनि संघका अधिकारीलाई प्राथमिकता दिंदै आदेशको उल्लंघन हुँदै आएको छ ।

तीनै तहमा कार्यरत निजामती कर्मचारीबिच मर्यादाक्रमका कारण सिर्जित असमानता हटाइएमा संघीय प्रशासनिक संरचना थप प्रभावकारी, कार्यशील हुने उपसचिवहरुको ठहर छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष