निजामतीमा राजीनामाको लहर,मंसिर लागे यता दुई सहसचिवले बीचमै छाडे जागिर

पछिल्लो समय निजामती सेवामा राजीनामा दिने कर्मचारीको लर्काे लागेको छ ।

बिज्ञापन

गत १ मंसिरदेखि लागू हुने गरी प्राविधिक तर्फका सहसचिव इ गणेशराज वस्तीले सेवाबाटै राजीनामा दिए । सो को साता दिन नबित्दै सहसचिव प्रेमकुमार सिंहले राजीनामा दिएका छन् । सिंह उर्जा मन्त्रालय अन्तर्गत रहेको पानीजहाज कार्यालयमा कार्यरत थिए । उनले दिएको राजीनामा मन्त्रिपरिषद्को मंसिर आठ गते बसेको बैठकले स्वीकृत गरिसकेको छ ।

बिज्ञापन

यस अघि शहरी विकास मन्त्रालयका बरिष्ठ सहसचिव बस्तीले पदबाट राजीनामा दिएका थिए । निजामती सेवामा करिब ३० वर्ष बिताएका र सहसचिव भएको ११ बर्षपछि बस्तीले नोकरीबाट राजीनामा दिएका हुन । पछिल्लो समय सेवा अवधि बाँकी हुँदै उच्च प्रशासकहरु राजीनामा दिदै हिड्न थालेका छन् । यस अघि सचिवद्वय डा टेकराज घिमिरे र भरतमणि सुवेदी तथा सहसचिवहरू रमेश शर्मा पौडेल र रामगोविन्द अर्यालले अवकाशभन्दा अगाडि नै राजीनामा दिएका हुन् । राजीनामा दिएकामध्ये घिमिरे महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ताको रूपमा कार्यरत थिए । सुवेदी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव सचिवका रूपमा कार्यरत थिए ।

 

बिज्ञापन

हालैमात्र सचिव भरतमणि सुवेदीले सचिव पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा क्याविनेटले समेत स्वीकृत गरिसकेको छ । चार महिना सेवा अवधि बाँकी रहँदै सचिव सुवेदीले यदी सो समयमा राजीनामा नदिएका भए उनी मुख्य सचिवका प्रवल दावेदार हुने थिए । मुख्य सचिवको प्रवल दावेदारका रुपमा हेरिएका सचिव सुवेदीले हठात पदबाट राजीनामा दिएका कारण समुन अर्याललाई मुख्य सचिव हुने बाटो सहज भयो । अहिलेका मुख्यसचिव अर्यालभन्दा सिनियर थिए गोकर्णमणि दुवाडी र भरतमणि । सुवेदी पाँच बर्ष सेवा अवधि पूरा गरेर आगामी पुसमा मात्र अनिवार्य अवकाशमा जाने थिए तर चार महिना सेवा अवधि बाँकी हुँदै उनले पदबाट राजीनामा दिएका थिए । गत बर्षमात्र मुख्य सचिव बन्नबाट बञ्चित भएका तोयनारायण ज्ञवालीले पदबाट राजीनामा दिएका थिए । सरकारले एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीले राजीनामा दिएका छन्। मुख्यसचिवको प्रतिस्पर्धामा सचिव ज्ञवालीले पदबाट राजीनामा दिएका थिए ।

अघिल्लो बर्षमात्र नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका थिए । उनी ५८ वर्षीय उमेर हदले अवकाश पाउनु पाँच महिना अगावै पदबाट राजीनामा दिएका थिए । अधिकारीले नेपाल कानून आयोगमा सचिव पदबाट दिएको राजीनामालाई मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ । सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । उनी अघि संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका थिए । यस्तै अघिल्लो बर्ष उर्जा सचिव दिनेश कुमार घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले महिना दिन अगावै सचिव पदबाट राजीनामा दिएका थिए ।

यसरी राजीनामा दिने मध्ये केही पेन्सनका लोभमा दुई चार दिन अगावै राजीनामा दिन्छन् भने केहीले लगतै अर्को नियुक्ति खानका लागि । जस्तो संघीय संसदका कार्यवाहक महासचिवबाट राजीनामा दिएका पद्म प्रसाद पाण्डेयलाई अहिले संघीय संसदको महासचिव नियुक्ति गरिएको छ । त्यस अघि संसदका महासचिव डा भरतराज गौतमले घरासयी कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । सो ठाउँमा पाण्डेयलाई लगिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

बिशेष