करोडौंको व्यापार छोडेर मान्छे र पशुपन्छीको सेवामा रमाइरहेका दुर्गानाथ

जीवनको एक दशक बढी समय व्यापार व्यवसायमा हेलियो । नाम र दाम दुबै कमाइयो । विजनेशतिर मन म¥र्यो र मोडिए सामाजिक कर्मतिर । जिन्दगी नियमले होइन संयोगले चल्दछ भन्छन् । जीवनमा एक दुईवटा यस्ता घटनाक्रमहरु आए जस्ले यूटर्न गरिदियो जीवनको बाटो ।
जन्मिए,हुर्किए काभ्रे नाला,उग्रचण्डीमा । पिता दीनानाथ र माता जानुकाका ६ छोरीपछिका सन्तान । बुवा नामझैं दिलका धनी हुनुहुन्थ्यो । धेरै सामाजिक संस्थामा काम गर्नुभएको । अहिले उहाँको बीडो धान्दै छु,उहाँले देखाएको बाटो हिड्न खोजिरहेको छ । बच्चादेखि नै पढाईमा कम र सामाजिक काममा बढी मन रम्थ्यो । माध्यमिक तहभन्दा माथिको अध्ययन गर्न सकिएन । स्कूले शिक्षाबाटै औपचारिक अध्ययनलाई बीट मारेर व्यवसायमा हेलिए । किताब होइन,पढ्न थाले,मान्छे र समाज । किताबभन्दा पनि पढ्न कठिन हुँदा रहेछन मान्छेहरु !

बिज्ञापन

२३ बर्षको उमेरमा मनभरी सपना र झोलाभरी भविष्य बोकेर भित्रिए काठमाडौं । शून्यबाट शुरु गरिएको थियो काठमाडौंको व्यवसायिक यात्रा । बौद्धमा एउटा सानो रिटेल कपडा पसल चलाएर चलिरहेको थियो जीवनचर्या । चार बर्षको अवधिमा रिटेल पसलबाट राम्रै मुनाफा आर्जन भयो । व्यवसाय फैलाउँदै बौद्धबाट न्यूरोडसम्म विस्तार गरें । त्यहाँ खोलियो होलसेल पसल । व्यापारकै सिलसिलामा दुई साता वा महिना दिनमा हङकङ, चीन, थाइल्यान्ड पुगिन्थ्यो । टिममा गएका व्यापारी साथीहरु माछाका अनेकन परिकार टोक्थें म भने त्यहाँ जिउँदा माछाहरु खरिद गर्दथें र लगेर खोला वा समुन्द्रतिर बगाइदिन्थें र आनन्द मान्दथें । जीवनमा सबैले खोज्ने आनन्द हो,यो प्राप्त गर्ने बाटो मात्र फरक÷ फरक ! विदेशी मुलुकबाट लताकपडाहरू ल्याएर यहाँ बेचिन्थ्यो । व्यापारबाट आर्जित नाफाको केही केही प्रतिशत रकम सडकका असहाय माग्नेहरू, घरवारविहीनहरूलाई खाना खुवाउन, सडकमा छोडिएका गाईगोरु, रोगी कुकुरहरूलाई उपचार गर्ने खर्चन्थें । व्यापारबाट आर्जित नाफाभन्दा यसरी खर्च गर्न पाउँदा सयौं गुणा आनन्द मिल्थ्यो । भूकम्पपछि जीवन यूटर्न भयो । म भित्रको अर्काे म अर्थात आत्माले व्यापारमा लागिरहन दिएन । जीवनका एक दशक व्यापारमा लागेर राम्रै आर्जन गरियो । काठमाडौंमा घर घडेरी जोडियो । ०७२ को भूकम्प पछि सबैतिर भग्नावशेष थियो । भूकम्प पछिको एक दिन न्यूरोडबाट फर्कदै थिए । रानीपोखरीका भित्ताहरू भत्किएका थिए । बालगोपालेश्वर मन्दिर सग्लो थिएन । रानीपोखरी पुनर्निर्माणको क्रममा त्यहाँ रहेका माछाहरु ठेकेदारले धमाधम मार्दै थिए । पानी मोटरले तानेर बाहिर फालेपछि पोखरीमा माछा छट्पटाइरहेको दृश्यमा आँखा प¥र्यो । मेरो मनै अमिलो,तनै अमिलो भयो । उक्त दृश्यले नराम्रोसँग पोल्यो । म त्यहाँ रोकिरहन सकिँन भित्र गएर ठेकेदारसँग आग्रह गरें,‘ म आफ्नै खर्चमा बाहिरबाट पानी ल्याएर रानीपोखरीमा भर्छु । यी माछाहरू नमारौँ’ भने । ठेकेदारले भने, दाउ के दाउ थियो कुन्नी । मेरो कुरा सुनेनन । केही पशुअधिकारकर्मीहरूका साथ लागेर तत्कालै काठमाडौँं महानगरपालिका पुँगे र प्रमुख प्रशासकीयलाई अनुनय विनय गरें । उनले टर्रो जबाफ फर्काए ‘यहाँ हजारौं मान्छेहरु भूकम्पका कारण मरेका छन्,मान्छे मरेको चिन्ता गर्न छाडेर तपाइ माछा मर्न लागेको चिन्ता गर्नुहुन्छ ।’ उनको वचनले झन नमीठो लाग्यो ।

बिज्ञापन

आखिर संसारका सबै जीव एउटै न हुन । हाकिमले नबुझेका कि बुझ पचाएका ! हाम्रो समूहले महानगरपालिका घेराऊ गरेपछि उनीहरु गले । सैनिक, प्रहरी, अभियानकर्ताहरूको सहभागितामा रानीपोखरीका माछा कमलपोखरीमा स्थानान्तरण गरियो । छटपटीमा परेका २८ सय माछाहरूको जीवन सुरक्षित भयो । यो घटना पछि सामाजिक सेवामा दत्तचित्त हुनुपर्दछ भन्ने लाग्न थाल्यो । केही समय भूकम्पबाट प्रताडित घरवारविहीन हुनुपरेका तथा रोजगारीविहीन बन्नुपरेका नागरिकहरूलाई निःशुल्क भोजन गराइयो । कोरोना महामारीले विश्व आतङ्क मच्चाएको समयमा रोजगारी गुमाएका सैयौँ नागरिकहरुलाई निःशुल्क भोजनको व्यवस्था गरियो । यसरी सामाजिक कर्ममा सक्रिय हुन थालेपछि व्यवसाय अलपत्र पर्ने थाल्यो । राम्रै मुनाफा आर्जित व्यवसाय छोडेर सडकको गाइबाच्छा,माछा,चराचुरुङ्गीको उद्धारमा लाग्दा टोल छिमेकहरुले दुर्गा बहुलायो पनि भने । तर अरुको आवाज सुनिन्,सुनें त आफ्नै अन्तरमनको आवाज । सडकका पुगेको मानवका अलवा बेबारिसे गाइबस्तुको उद्धार र स्याहार सुसार गरिरहेको मेरो कामलाई नजिकबाट नियाल्नुभएको रहेछ मेघा चौधरीले । उहाँ नर्भिक अस्पतालकी निर्देशक । एक दिन उहाँले वचनवद्धता व्यक्त गर्नुभयो,सडक मानवहरुको निशुल्क उपचार गराइदिने । मन त्यसै पुलकित भयो । कामकै सिलसिलामा एक दिन दृष्ट्रिविहिन पूर्ण श्रेष्ठले फोन गर्नुभयो र भन्नुभयो ‘मेरो कोही आफन्त छैनन्,चार दिनदेखि केही खान पाएको छैन । उद्धार गरिदिनुहोस’ । उहाँलाई मैतिदेवीबाट उद्धार गरेर उपचारका लागि नर्भिक अस्पतालमा लगें । ९ दिनपछि उपचारकै क्रममा उहाँको प्राण गयो । उनको ज्यान बितेपछि थाहा लाग्यो,उनका दाजु भाइ,श्रीमती र सन्तानहरु पनि रहेछन । अनि निहुँ खोज्न आए आफन्तहरु ‘तपाईले कसलाई सोधेर उपचार गराउनुभएको ?

मानव अङ्ग बेच विखन गर्ने गिरोह हो तपाई ?’यस्ता शव्द सुन्दा निकै कष्ट भयो । उपचारकै क्रममा उहाँको ज्यान गएपछि परिवारकै केही सदस्यहरु अस्पतालसँग पैसाको बार्गेनिङ्ग गर्न थाले तर त्यही हुनुहुँदो रहेछ मेरो कर्मलाई नजिकबाट नियालिरहनुभएका एक सज्जन । उहाँले नै पूर्ण श्रेष्ठको परिवारलाई सम्झाउनुभयो । उहाँ मानव मात्र होइन पशुपक्षीको सेवा गरिरहने भिन्न प्रकारको सामाजिक अभियन्ता,भन्दै भिडियो नै देखाइदिनुभएपछि परिवार कन्भिन्स भयो र पूर्ण दाइको दाहसंष्कार गर्न तयार भए । पूर्ण दाइ बितेपछि लाग्यो कुनै पनि काम व्यक्तिगत तवरबाट होइन कि संस्थागत रुपमै काम गर्नुपर्ने रहेछ । परिवारलाई आफ्नो निर्णय सुनाए । भएको व्यापार व्यवसाय छोडेर पूर्ण रुपमा सामाजिक काममा लाग्न खोज्दा ‘दिमाग खुस्किएको कि क्या हो ?’ भन्ने जबाफ आयो । आफ्नै अन्तरमनको आवाज सुनेर पूर्ण रुपमा हेलिए सामाजिक कर्ममा । यसरी सामाजिक कर्ममा पूर्ण रुपमा होमिएको एक दशक बित्यो । ७२ सालमा दर्ता भएको हो नवजीवन परोपकार समाज । संस्था दर्ता गर्नु र जन्माउनु ठूलो कुरा भएन । निरन्तरता ठूलो कुरा थियो । संस्था स्थापना पछि सहयोगका लागि अनेक ठाउँ धाउँदा–धाउँदा निराश भइसकेका थिए । कामका सिलसिलामा धेरैका तीतो बचन सुनें, धेरैले पागल भने । सहयोग जुटाउनका लागि कति नकचरो हुनुपर्दछ त्यो भोग्नेलाई थाहा छ । कतिको नमीठो र टर्राे जबाफ फर्काउछन । जबाफ फर्काउन मिलेन । संस्था स्थापना भए यताका एक दशकको अवधिमा तीन सयभन्दा बढीलाई परिवारसँग पुर्नमिलन गराइएको छ । कतिपय यहाँ बसेर सक्षम भएर हिड्नुभयो । यो अवधिमा ३०/ ४० जना बित्नुभयो ।

बिज्ञापन

झण्डै एक दशक अवधिमा सात सय हाराहारीको उद्धार गरियो होला । उपचार गर्न नसकेको,थुनेर बाँधेको मान्छेलाई उपचार गरेर ठीक पारेर पठाइएको छ । कतिसम्म भने, अहिले संस्थामा १०४ बर्षकी बयो बृद्ध आमा हुनुहुन्छ,उहाँको सेवा गर्ने सौभाग्य पाएको छु । ती आमाका छोरा इण्डियामा रहेछन्,बुहारीले सासु पाल्न सक्दिन भने पछि हाम्रो आश्रयमा हुनुुहन्छ । बृद्ध,अपाङ्ग,लैगिक हिंसामा परेकाहरु अलि बढी छन्,आश्रममा । केही अगाडि विद्युत प्राधिकरणको हाकिमको आमा उसैगरी सडकबाट हाम्रो आश्रममा आइपुग्नुभयो । पछि मिडियामा आएपछि लाज लागेर होला आश्रमबाट लिएर गए । यस्ता त २० औं उदाहरण छन् । अहिले आश्रम स्थलमा ३५ जना आमा बुवा,डेढ सय बढी पशुपक्षी छन् । संस्थाको खर्च मासिक चार लाख हाराहारी खर्च हुन्छ । कतिपय मनकारीहरुले सहयोग गर्नुहुन्छ । त्यही सहयोगले चलिरहेको छ,संस्था । संस्था चलाउनका लागि सहयोग रकम जुटाउनका लागि कतिपय सरकारी निकायकहाँ पुगियो । हात जोडियो । आश्रममा रहेका जेष्ठ नागरिकलाई दाल भात खानका लागि रकम देउ न भनेर महिला मन्त्रालयमा चार बर्षको अवधिमा झण्डै डेढ सय पटक धाइयो । चोटा कोठा चहारेर हरेक कर्मचारीलाई नमस्कार गरियो । यसरी एउटा सामाजिक संस्थाले सहयोग रकम माग्दा कर्मचारी र मन्त्रीका सचिवालयमा बसेकाहरु सिधै सोध्छन्,हामी सहयोग त गर्दछौं तर हामीलाई कति प्रतिशत कमिसन आउँछ ? उनीहरुलाई शुरुमै ४० प्रतिशत कमिसन बुझाउन सकेको खण्डमा रकम पाइने रहेछ । त्यस्तो गर्न सकिएन । मनले मानेन ।

महिला मन्त्रालयबाट बर्षको अर्बाै बजेट लैजाने सामाजिक संस्था छन् । तर हामीले पाएनौं कारण न त नेताहरुलाई रुझाउन सक्यौं,न त कमिसन नै दिन सक्यौं । एउटै संस्थाले राज्य,प्रदेश,स्थानीय संस्थासँग रकम लिइरहेको उदाहरण पनि छन् । अहिलेसम्म राज्यको तबरबाट पाएको भनेको १२ लाख रकम हो । त्यो पनि मन्त्रीको स्वकीयसँग एक जना साथीको चिनजान रहेछ र उहाँलदे मिलाइदिनुभएको । हामी त संस्था परनिर्भर होइन आत्मनिर्भर हुनुपर्दछ भनेर लागिरहेका छौं । तरकारी आफैं फलाउँछौं । आश्रममा रहनुभएका बुवा आमाका लागि दूध किन्नुपर्दैन । गाइ पालेका छौं । हाम्रो कर्मबाट प्रभावित भएर काठमाडौँं जिल्ला स्थित फुटुङ निवासी समाजसेवी सज्जनले नवजीवन परोपकार आश्रमलाई पाँच रोपनी जग्गा दिएका छन् । हाल उक्त जग्गा बेसहाराहरूको सहारास्थल भएको छ । रोगी मान्छे, गाई, गोरु, कुकुर, चरा आदिको अस्पताल जस्तै भएको छ, आश्रयस्थल । समाजसेवामा नै समर्पित भए पछि काभ्रेमा १० रोपनीको एभोगाडोहरु लगाइएको छ । यही तिहारमा मात्र १ लाख ८० हजार फूल बेचियो । यसरी संस्थाले आफैं कमाउने र वुवा आमाको सेवामा लगाउने यसैगरी दुई दिनको जिन्दगीमा रमाइरहेको छु ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

कोरला नाकामा थपियो उपसचिवको दरबन्दी,सिण्डिकेटवाला व्यवसायीको रुवावासी

अर्थमन्त्रीका विवादित निर्णय रोक्दै घर जान लागेका मुख्य सचिव

बिशेष