स्थानीय तहमा खटाइएका १७ उपसचिवले उल्टाए सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिना नबित्दै यस अघि स्थानीय तहमा खटाइएका १७ उपसचिवहरुलाई सरुवा गरेको छ । खटाइएको स्थानीय तहमा नगएर सरकारलाई चुनौती दिँदै आएका ती उपसचिवहरुलाई मन्त्रालयले सरुवा उल्टाउँदै गृहमा पठाएको भेटिएको छ ।

बिज्ञापन

गत भदौं १३ मा तत्कालीन मन्त्री भगवती न्यौपानेले १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुलाई हटाउँदै नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतहरुलाई खटाएकी थिइन । यसरी खटन पटन गरिएकामध्ये ७० प्रतिशत कर्मचारी त स्थानीय तहमा गएनन्,उनीहरुले सिंहदरबारै नछाडी संघीय सरकारलाई चुनौति दिइरहेका थिए ।
यही बीचमा जेनजीको आन्दोलनको बलमा सरकार परिवर्तन भयो । सामान्य प्रशासनको कर्मचारी प्रशासन हेर्नेहरु फेरिए । जागिरे जीवनका लामो समय सिंहदरबार र कमाउ अड्डा नछाडेका प्रशासकहरुले आफ्नो सरवा उल्टाएर सिंहदरबारमै फर्कन सफल भएका छन ।

बिज्ञापन

यसरी सरुवा उल्टाउनेहरुमा माधव नारायण नगरपालिका रौतहटमा खटाइएका शेखर पौड्याल,धनगढीमाइ नगरपालिकामा सरुवा भएका फणिन्द्र दाहाल,गौर नगरपालिकाबाट मातृका आचार्य,सबैला नगरपालिकाबाट कमल प्रसाद पाण्डे,बुंगल नगरपालिका खटाइएका तारानाथ पनेरु र हरिपुर नगरपालिकाबाट जितेन्द्र कुमार यादव,पोखरिया नगरपालिकाबाट प्रर्दशनी कुमारी,सुखीपुर नगरपालिकाबाट मुकेश कुमार केशरी, इशनाथ नगरपालिका खटाइएका तुलसी दाहाल, राजपुर नगरपालिकाबाट पुष्कर राना,गणेशनाथ चारनाथ नगरपालिकाबाट खटाइएका रुद प्रसाद नेउपाने, देवाही गोनाही नगरपालिकाबाट नारायण पाण्डे, कविलासीबाट नरेश कुमार यादव ,शहीदनगर नगरपालिकामा खटाइएका चेतराज बराल,कञ्चनरुप नगरपालिकाबाट अनसज भण्डारी,मधुवन नगरपालिकाबाट चिरञ्जिवी राना र गोलबजार सिराहाबाट विनोद कुमार पोखरेल सरुवा उल्टाउन सफल भएका हुन ।

bhadra 12 saruwa

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

बिशेष