चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गरेको एक दर्जन निर्णय आज सार्वजनिक भएको छ । जसमा सरुवा बढूवा नियुक्ति,अस्थायी दरबन्दी थप लगायतका १३ निर्णय सार्वजनिक भएका छन् ।
निर्णय सार्वजनिक गरिँदा बुँदा नम्बर पाँचमा एउटा त्रुटी भएको देखिन्छ । जहाँ लेखिएको छ,जेनजी पुस्ताद्धारा ०८२ मंसिर २३ र २४ गते गरिएको प्रर्दशनको क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने ।

बिज्ञापन

जबकी जेनजीको प्रर्दशन गत भदौं २३ र २४ गते भएको थियो । क्याविनेटको निर्णयमा समेत यस्तो गल्ती गरिएको बिषयमा अहिले आलोचना भइरहेको छ ।

बिज्ञापन

यसरी सरकारी तवरबाट भएका निर्णयहरु सार्वजनिक गर्दा त्रुटी देखिएको छ । सरुवा सूचीको चौथौं नम्बरमा उपमहानगरपालिकालाई नगरपालिका बनाइएको थियो भने आज क्याविनेटको निर्णयमा समेत उसैगरी त्रुटीपूर्ण मिति राखेर निर्णय सार्वजनिक भएको छ ।

यता हालैमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवको सरुवा गर्दा एक उपमहानगरपालिकालाई नगरपालिका बनाएर प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको भेटिएको छ । सोमबारको निर्णय अनुसार मन्त्रालयले १० उपसचिवको सरुवा गरेको थियो । सरुवा सूचीको चौथौं नम्बरमा मन्त्रालयको तर्फबाट यस्तै कमजोरी भएको भेटिएको छ ।
जहाँ धनुषाको जनकपुरधामबाट प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललाई रौतहटको चन्द्रपुर नगरपालिकामा सरूवा गरिँदा उपमहानगरपालिकालाई मन्त्रालयले नगरपालिका बनाएर उपसचिव ढकालको सरूवा गरेको भेटिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष