बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि ५ करोड हिनामिनाको आरोप

सिन्धुपाल्चोक — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा छापा मारेको छ। नगर प्रमुख बालकृष्ण बस्नेतमाथि भोटेकोशी जलविद्युत् आयोजनाबाट ५ करोड रुपैयाँ असुली गरेर हिनामिना गरेको आरोप लागेपछि अख्तियारको टोली कारबाहीमा उत्रिएको हो।

बिज्ञापन

 

बिज्ञापन

पटक–पटक अनियमितताको गुनासो र उजुरीहरू परेपछि अख्तियारको टोली आइतबार बिहानै नगरपालिकाको कार्यालय पुगेको थियो। टोलीले कार्यालयका विभिन्न शाखाहरूमा खोजतलास गर्दै केही कागजातहरू नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ।

 

बिज्ञापन

स्रोतका अनुसार मेयर बस्नेतले भोटेकोशी जलविद्युत् आयोजनाबाट ‘अस्पतालका लागि’ भन्दै रकम लिएका थिए। तर, उक्त रकम अस्पताल निर्माणमा प्रयोग नभई हिनामिना गरिएको भन्ने सूचनाका आधारमा छापा मारिएको हो।

 

प्रारम्भिक अनुसन्धानका क्रममा करिब २० लाख रुपैयाँको मात्र हिसाब–किताब भेटिएको र बाँकी रकमबारे कुनै अभिलेख नपाइएको अख्तियारको प्रारम्भिक निष्कर्ष छ।

“कागजातमा २० लाखको मात्रै विवरण देखिन्छ, बाँकी रकम कहाँ गयो भन्ने कुरा अझै अस्पष्ट छ,” अख्तियारसँग नजिकको एक स्रोतले भन्यो।

 

छापासँगै अख्तियारले रकम हिनामिनासँग सम्बन्धित सबै कागजात र बैंक कारोबार विवरण संकलन गरिरहेको र विस्तृत अनुसन्धान अघि बढाइने बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष