लेखाका १२ उपसचिवहरुको सरुवा

महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका १२ जना उपसचिवहरुको सरुवा गरेको छ ।
महालेखाले गत बुधबार उनीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,राजश्व न्यायधीकरणको कार्यालय काठमाडौंबाट वाशुदेव खनाल शहरी विकास मन्त्रालयमा भित्रिएका छन् भने लोकसेवा आयोगमा कार्यरत विष्णुहरि बराल कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुरको प्रमुख कोष नियन्त्रकको जिम्मेवारी पाएका छन । यस्तै शहरी विकास मन्त्रालयबाट हीरा न्यौपानेले लोकसेवा आयोगमा इन्ट्री मार्दा कोलनिका म्याग्दीबाट किरणचन्द्र सुवेदी भन्सारमा भित्रिएका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,कोलनिका सल्यानबाट रामनाथ शर्मा कोलनिका म्याग्दीको कार्यालय प्रमुखका रुपमा खटाइएको छ भने महालेखा नियन्त्रकको कार्यालयमा (पुल दरबन्दी) रहेका बसन्तराज सिग्देललाई उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा खटाइएको छ ।

बिज्ञापन

यस्तै,भन्सार विभागमा कार्यरत रहेका मानबहादुर वमलाई सुनकोशी मरिन डाइभर्सन आयोजनामा खटाइएको छ भने उपमहालेखा नियन्त्रक रविन कोइराला कोलनिका कार्यालय सिन्धुली पुगेका छन् ।
यस्तै,कोलनिका कार्यालय डडेल्धुराको प्रमुख कोष नियन्त्रक तिलक प्रसाद चापागाई कृषि तथा पशुपक्षी मन्त्रालय,जल तथा उर्जा आयोगको सचिवालमया रहेका उपसचिव मनोज कुमार सुनुवारलाई कोलनिका सप्तरीको प्रमुखको रुपमा खटाइएको छ ।
महालेखाले,सोही कार्यालयमा पुल दरबन्दीमा रहेका यदुनाथ भट्टराईलाई कोलनिका इलाम र मोहनशरण भण्डारीलाई राजश्व न्यायधीकरणमा खटाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष