एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बरिष्ठ लेखा अधिकृतविरुद्ध भ्रष्ट्राचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा रंगेहात घुस सहित पक्राउ परेका लेखा अधिकृतविरुद्ध अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो । आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त टोलीले कार्कीलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नं १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा प्रक्रिया अगाडि बढाइदिने, प्रक्रियाको सहजीकरण गरिदिने भनी विभिन्न बहानामा एक लाख घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

बिज्ञापन

कार्कीविरुद्ध एक लाख रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष