काम नगर्ने ठेकेदारलाई सडक डिभिजन काठमाडौको कडा जवाफ — ‘अब सुधार नभए ठेक्का समाप्त

सडक डिभिजन कार्यालय काठमाडौँले निर्माण कार्यमा लापरबाही देखाउने ५७ निर्माण कम्पनीलाई १५ दिनभित्र ठेक्का नतोड्ने कारण बताउन निर्देशन दिएको छ।

बिज्ञापन

डिभिजनले असोज ११ गते सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि काममा ढिलाइ गर्दै आएका ठेकेदार कम्पनीहरूलाई स्पष्टीकरण माग गरेको हो। सूचनामा उल्लेख भएअनुसार ठेक्का सम्झौताअनुसारको प्रगति सन्तोषजनक नभएको, पटक–पटक मौखिक तथा लिखित निर्देशन दिइए पनि सुधार नआएको र म्यादसमेत समाप्त भइसकेको हुँदा ठेक्का अन्त्य गर्ने तयारी गरिएको जनाएको छ।

बिज्ञापन

डिभिजनले ठेकेदार कम्पनीहरूलाई चेतावनी दिँदै भनेको छ —“ठेक्का सम्झौताको प्रावधानअनुसार ठेक्का अन्त्य किन नगर्ने? ठेक्का अन्त्य गर्नु नपर्ने कुनै यथोचित कारण भए १५ दिनभित्र आधिकारिक प्रतिनिधि सहित कार्यालयमा उपस्थित हुन अनुरोध छ, अन्यथा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम ठेक्का अन्त्यको प्रक्रिया अघि बढाइनेछ।”

सूचनामा नाम समावेश भएका ठेकदार कम्पनीहरूमा शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि., पूर्ण विनायक/सफल जे.भी., कश्यप निर्माण सेवा, पप्पु/डाँफे जे.भी., त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., सम्झना निर्माण सेवा, पन्थ कन्स्ट्रक्सन प्रा.लि., राजधानी कन्स्ट्रक्सन, देशप्रेम निर्माण सेवा, गौरी पार्वती/देशप्रेम जे.भी. लगायतका ठूला कम्पनीहरू परेका छन्।

बिज्ञापन

डिभिजनका अनुसार यी ठेक्का सम्झौताहरू अन्तर्गतका सडक तथा पुल निर्माण कार्यहरू लामो समयदेखि अलपत्र अवस्थामा छन्। धेरै ठेक्कामा भौतिक प्रगति न्यून, कार्यतालिका संशोधन भए पनि त्यसअनुसार काम नगर्ने, र ठेकेदार पक्षले कार्य सम्पन्न गर्न तदारुकता नदेखाएको पाइएको छ।

सडक डिभिजनले यसअघि पनि पटक–पटक चेतावनी दिँदै कार्यप्रगति सुधारका निर्देशनहरू जारी गरेको थियो। तर सुधार नआएपछि यो अन्तिम सूचना जारी गरिएको बताइएको छ।

सूचनामा उल्लेख गरिएअनुसार तोकिएको १५ दिनभित्र ठेकेदार कम्पनीहरूले आफूले काम नगर्नुको उचित कारण प्रस्तुत नगरेमा, कानुनी प्रावधानअनुसार ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

बिशेष