डिजिटल नापीको युग : प्राविधिक दक्षता, पारदर्शिता र नागरिक सुविधा तर्फको अग्रसरता

 

बिज्ञापन

नेपालमा भूमि नाप–नक्सा र भू–सम्पत्ति व्यवस्थापन प्रणाली अब तीव्र गतिमा डिजिटल युगतर्फ प्रवेश गर्दैछ । नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा पछिल्ला वर्षहरूमा यो क्षेत्रले ऐतिहासिक परिवर्तनको यात्रा तय गरेको छ । प्राविधिक दक्षता, दीर्घ अनुभव र ठोस नेतृत्व क्षमताका कारण उनले विभागलाई परम्परागत कार्यशैलीबाट प्रविधि–आधारित आधुनिक प्रणालीतर्फ उन्मुख गराएका छन् ।

बिज्ञापन

जोशीको भनाइमा, “अब नागरिकले आफ्नो जग्गासम्बन्धी अधिकांश सेवा घरमै बसेर अनलाइनबाट लिन सक्ने युग सुरु भइसकेको छ।” २०७८ साल बैशाख २ गतेदेखि लागू गरिएको नेपाल भूमि सूचना प्रणाली (NBIMS) र “मेरो कित्ता” सेवा विस्तारले नापी कार्यालयमा पारदर्शी, छिटो र विश्वासिलो सेवा सुनिश्चित गरेको छ । अहिले देशभरका १३५ नापी कार्यालयमध्ये ९५ वटा कार्यालयमा यो प्रणाली कार्यान्वयन भइसकेको छ । बाँकी करिब ४० कार्यालयमा पनि छिट्टै विस्तार गर्ने तयारी विभागले गरिरहेको छ ।

यस प्रणालीले नागरिकलाई नक्सा प्रिन्ट, फिल्डबुक, प्लट रजिस्टरजस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराउँदै समय, खर्च र मेहनतको बचत गराएको छ । विभागले प्राविधिक पूर्वाधार, इन्टरनेट पहुँच र जनशक्ति तालिमलाई प्राथमिकतामा राखेर बाँकी कार्यालयमा पनि पूर्ण रूपमा डिजिटल सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

बिज्ञापन

ठूलो माननापको स्थलरूप नक्सा : नीति निर्माणको वैज्ञानिक आधार

हाल चार जिल्लामा प्रारम्भ गरिएको ठूलो माननापको स्थलरूप नक्सा तयार गर्ने कार्यलाई जोशीले “नेपालको भू–व्यवस्थापनको भविष्य” भनेर व्याख्या गर्छन् । तीव्र गतिमा फैलिंदै गएका शहरी क्षेत्र, पूर्वाधार विकास, वन व्यवस्थापन र भू–उपयोग योजनामा वैज्ञानिक तथ्यांक उपलब्ध गराउन यस कार्यले आधार प्रदान गर्नेछ ।

अहिले बजेट सीमितताका कारण चार जिल्लाबाट सुरु गरिएको यो कार्यक्रमलाई क्रमिक रूपमा सबै शहरी क्षेत्रमा विस्तार गर्ने तयारी विभागले गरेको छ । पहिलो चरणमा प्रमुख शहरहरू, दोस्रो चरणमा मध्यम आकारका नगरपालिका र अन्ततः देशभरका जिल्लामा यो प्रणाली लागू गर्ने योजना बनाइएको छ ।

पुनःनापी र विशेष नापी : नागरिकको विश्वास र कानुनी निश्चितता

जोशीका अनुसार, विशेष नापी र पुनःनापी कार्यक्रमले नागरिकलाई प्रत्यक्ष लाभ पुर्याइरहेको छ । द्वन्द्व र प्राकृतिक प्रकोपका कारण नष्ट भएका नक्सा र श्रेस्ता पुनःस्थापनाबाट हजारौं नागरिकले कानुनी स्वामित्व सुरक्षित गर्न सकेका छन् ।

यो कार्यले बैंकिङ कारोबार, घर निर्माण, जग्गा कारोबार, विवाद समाधान र कानुनी निश्चिततामा सकारात्मक प्रभाव पारेको छ । अछाम, अर्घाखाँची, पाल्पा, सिराहा, दमक र चैनपुरमा कार्यक्रमले उल्लेखनीय सफलता हासिल गरेको छ ।

डिजिटाइजेशनको गति : नक्सा अब सुरक्षित डिजिटल स्वरूपमा

हालसम्म २१२६ सिट कित्तानापी नक्सा डिजिटाइज र २२४७ सिट स्क्यानिङ तथा इन्डेक्सिङ सम्पन्न भइसकेको छ । जोशीका अनुसार, यो प्रारम्भिक उपलब्धि मात्र हो । देशभर अझ हजारौं नक्सा डिजिटाइज गर्न बाँकी छन् र विभागले यसलाई निरन्तर कार्यका रूपमा अघि बढाइरहेको छ ।

नक्साको डिजिटल संरक्षणले दीर्घकालीन अभिलेख सुरक्षित गर्न, सूचना प्रणालीलाई एकीकृत बनाउन र नागरिकले छिटो सेवा पाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ ।

जग्गाधनी प्रमाण पुर्जा वितरण : कानुनी स्वामित्वको विस्तार

यस आर्थिक वर्षमा मात्र २२,५०२ वटा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । यो कार्य विशेष गरी द्वन्द्व–प्रभावित र गाउँब्लक क्षेत्रमा पुनःस्थापित नक्सा श्रेस्ताका आधारमा गरिएको हो । अझै देशभर लाखौँ प्रमाण पुर्जा वितरण गर्न बाँकी रहेको जोशी बताउँछन् । विभागले यसलाई चरणबद्ध रूपमा पूरा गर्ने तयारी गरिरहेको छ ।

जेन्जी आन्दोलनपछिका चुनौती र पुनःस्थापना कार्य

जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त नापी कार्यालयहरूको पुनःस्थापना विभागको प्राथमिक कार्यसूचीमा परेको छ । जोशीका अनुसार, केही कार्यालयमा तत्काल मर्मत गरी सेवा पुनः सुरु भइसकेको छ भने पूर्ण रूपमा जलेका कार्यालयका लागि नयाँ पूर्वाधार, उपकरण र अभिलेख पुनःसंरचना गर्न काम भइरहेको छ ।

उनको भनाइमा, “सेवा लामो समय अवरुद्ध नहोस् भन्ने हाम्रो उद्देश्य हो, त्यसैले स्रोत परिचालन गरेर छिट्टै सबै कार्यालयलाई पूर्ण क्षमतामा ल्याइन्छ।”

कर्मचारी कटौती र सरुवाको विषयमा जोशीको दृष्टिकोण

२० प्रतिशत कर्मचारी कटौतीको सरकारी निर्देशनबारे जोशी भन्छन् —“नापी विभागको अधिकांश कर्मचारी प्राविधिक छन् । कटौतीले प्रत्यक्ष रूपमा सेवा प्रवाहमा असर पार्छ ।”

विभागले न्यूनतम असर हुने गरी वैकल्पिक उपाय खोज्ने तयारी गरेको छ । त्यसैगरी, हाल कर्मचारी सरुवा रोकिएको निर्णयबारे उनले यसलाई “सकारात्मक” मानेका छन् । पुराना कर्मचारीको स्थानीय ज्ञान र अनुभवले क्षतिग्रस्त नक्सा पुनःस्थापना र सेवा सुचारु गर्न सजिलो हुने उनको तर्क छ ।

भू–उपयोग योजना : स्थानीय तहसँगको सहकार्य

नापी विभागले हालसम्म ५७ पटक स्थानीय तहलाई प्राविधिक सहयोग प्रदान गरिसकेको छ । भूउपयोग योजना तयार गर्ने अधिकार स्थानीय तहलाई दिइएको भए पनि प्राविधिक पक्षमा विभागले निरन्तर सहयोग पुर्याउँदै आएको छ । स्थायी संरचना बनाउने योजना हाल नभए पनि, यो सहकार्य निरन्तर जारी रहने जोशीको भनाइ छ ।

भविष्य दृष्टिकोण : पाँच वर्षभित्र पूर्ण डिजिटल नापी

आगामी पाँच वर्षभित्र नाप–नक्सा प्रणालीलाई पूर्ण रूपमा प्रविधिमा रूपान्तरण गर्ने जोशीको दृष्टिकोण स्पष्ट छ । उनले भने, “हामी ‘NBIMS’, ‘मेरो कित्ता’, र GIS–आधारित सर्वे प्रणालीलाई एकीकृत गर्दै देशभर एकरूप सेवा सुनिश्चित गर्नेछौं ।”

यसका लागि विभागले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित प्रविधि, मापन प्रणाली र भू–डाटा विश्लेषण प्रविधिलाई आत्मसात् गर्दै छ । नागरिकले जग्गा, नक्सा, करभुक्तानीदेखि प्रमाण–पुर्जासम्म सबै सेवा घरमै बसेर प्राप्त गर्ने अवस्था निकट भविष्यमै सम्भव हुने विश्वास जोशीले व्यक्त गरेका छन् ।

निष्कर्ष

प्रकाश जोशीको नेतृत्वमा नापी विभागले परम्परागत कागजी नाप–नक्साबाट डिजिटल प्रविधितर्फको ऐतिहासिक यात्राको सुरुवात गरेको छ । उनले प्रविधि, पारदर्शिता र नागरिक सेवा सरलतामा जोड दिँदै नापीलाई “डिजिटल शासन” को आदर्श संस्थाका रूपमा स्थापित गर्न थालेका छन् ।

भू–सम्पत्तिको पारदर्शी अभिलेखीकरण, कानुनी निश्चितता, सेवा सरलता र प्राविधिक सुधारको यो अभियानले नेपाललाई भू–सूचना व्यवस्थापनमा नयाँ युगतर्फ डो¥याइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तस्करीको गोदाम खुल्दा तस्कर रुन्चे मदन आक्रामक, सशस्त्र प्रहरीमाथि हमला

३ करोड ६३ लाख अकुतमा डामिएका सव इन्जिनियरको मुद्धामा साक्षी प्रमाण बुझ्ने आदेश

मालपानीको ‘दानापानी’ खाने भन्सारका कर्मचारी अख्तियारको राडारमा

मन्त्रिपरिषद् बैठक बस्दै,जाँचबुझ आयोगको म्याद थप्ने तयारी

प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी

राष्ट्रिय सभामा आज विधेयक केन्द्रित एजेन्डा, सामाजिक सञ्जाल र पर्यटन विधेयकमाथि छलफल

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

बिशेष