गृहको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा पराजुली

गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव कालीप्रसाद पराजुलीलाई दिइएको छ ।

बिज्ञापन

गत असोज २३ मा १५ जना सहसचिवको सरुवा हुँदा पराजुलीलाई संघीय मामिला तथा सामान्य प्रशासनबाट सरुवा गरेर गृहमा लगिएको थियो । उनलाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको हो । उनी बरिष्ठ सहसचिव हुन,सचिव हुने लाइनमा छन् ।
यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका पराजुलीलाई गृहमा लैजादा गृहबाट जयनारायण अचार्य,वावुराम गौतम र दिव्यराज पोखरेलहरु आउट भएका थिए ।

बिज्ञापन

यस अघि काठमाडौंको प्रमुदख जिल्ला अधिकारी चलाइसकेका पराजुली निजामती प्रशासनमा वेदाग प्रशासक हुन । उनलाई बरिष्ठताका आधारमा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।

यस अघि पराजुली काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा उनलाई हटाएर गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाइएको थियो । पराजुली यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । १० महिना काठमाडौंको प्रजिअ चलाएका उनलाई तत्कालीन मन्त्री बालकृष्ण खाँणले गृहमा फिर्ता तानेका थिए । पछि उनी सामान्यमा पुगेका थिए ।

बिज्ञापन

यस्तै अर्काै सहसचिव आनन्द काफ्लेलाई सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । यस्तै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखमा काठमाडौं सिडिओ र अध्यागमन चलाइसकेका गोविन्दप्रसाद रिजाल रहेका छन्। आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखमा ऋषिराम तिवारी रहेका छन्। यस्तै गृहको नीति, योजना तथा मूल्याङ्कन महाशाखा प्रमुखको भूमिकामा सुरेश पन्थी छन्। यस्तै गृह मन्त्रालयको कानुन महाशाखामा भने पुसमा घर जान लागेका भरतमणि रिजाल रहेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष