निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीसहित र विज्ञापन एजेन्सीविरुद्ध भ्रष्ट्राचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत,नगरपालिकाका लेखापाल सहित एक एडभटाइजिङ्ग एजेन्सीलाई प्रतिवादी बनाएर मुद्धा विशेष अदालतमा दर्ता गरेको हो । आयोगले रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना लुकाएर झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिएको अभियोगमा कर्मचारी र विज्ञापन व्यवसायीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

बिज्ञापन

आयोगका अनुसार, आर्थिक वर्ष २०७७ /७८ मा माधवनारायण नगरपालिका ३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यका लागि आह्वान गरिएको ठेक्का नं को बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार गरेको पाइएको छ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना र कम्पनीविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।  यस कार्यमा संलग्न भई गैरकानूनी लाभ तथा नगरपालिकालाई हानि पुर्‍याउने बदनियतले काम गरेको पुष्टि भएपछि अख्तियारले माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थ, लेखापाल यादव र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालिका सञ्चालक अजित कुमार कर्णसमेतको आपसी मिलोमतो र योजनामा सूचना प्रकाशन नगरी भुक्तानी दिएको आरोपसहित विशेषमा मुद्धा दर्ता गरेको हो ।

बिज्ञापन

सार्वजनिक खरिद ऐन बमोजिम बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना​ राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर उनीहरूले राष्ट्रिय दैनिकमा सूचना प्रकाशित नगरी अनियमितता गरेको आयोगको दाबी छ ।

तीनै जनाले झुट्टा विवरणसहित सीमित प्रतिमा मात्र सूचना प्रकाशित गरी नगरपालिकाको अभिलेखमा राखेको र उक्त आधारमा २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

बिशेष