प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरकारले १५ जना सहसचिवहरुको सरुवा गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले १५ सहसचिवहरुको सरुवा गरेको हो । सरुवा भएकामध्ये प्रशासन सेवाका १२, शिक्षा सेवाका २ र इञ्जिनियरिङ सेवाका १ जना रहेका छन् ।

बिज्ञापन

सरुवा सूची अनुसार,सामान्यबाट कालीप्रसाद पराजुलीले गृहमा इन्ट्री मार्दा गृहमा कार्यरत रहेका सहसचिवहरु वावुराम गौतम,दिव्यराज पोखरेल र जयनारायण आचार्य त्यहाँबाट बाहिरिएका छन् ।

बिज्ञापन

गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय,बाग्मती प्रदेश,आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र पोखरेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेर नेपाल पर्यटन तथा होटल व्यवस्था प्रतिष्ठान (नाथम)मा खटाइएको छ ।
यस्तै,नाथममा कार्यरत रहेकी संगिता ओझा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महिला मन्त्रालयमा कार्यरत सहसचिव ज्ञानहरि घिमिरेलाई धरान उपमहानगरपालिकामा पठाइएको छ ।
सूची अनुसार,चिकित्सा शिक्षा आयोगबाट अण प्रसाद न्यौपानेलाई शिक्षा मन्त्रालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट बसन्त कोइरालालाई चिकित्सा शिक्षा आयोगमा ल्याइएको छ ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डिलाराम पन्थीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यरत रहेका रुद्रप्रसाद पण्डितलाई खानेपानी मन्त्रालयमा ल्याइएको छ भने रामबाबु पुरी खानेपानी मन्त्रालयबाट लुम्बिनी प्रदेश,आस्मान तामाङ लगानी बोर्डमा सरुवा भएका छन् । यस्तै लगानी बोर्डबाट प्रधुम्नप्रसाद उपाध्याय लोक सेवा आयोगमा लगिएको छ ।
अख्तियारमा पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीलाई लगिएको छ भने वातावरण विभागका महानिर्देशक शैलेन्द्र कुमार झालाई शिक्षा मन्त्रालयमा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष