मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

अदालतले तीन कर्मचारी र एक भूमाफियाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

बिज्ञापन

मालपोत कार्यालय रंगेलीका कर्मचारी र भूमाफिया मिलेर सरकारी ढड्डा च्यातेर व्यक्तिको नाममा १७ कठ्ठाभन्दा बढी ऐलानी जग्गाको नक्कली श्रेस्ता बनाएको भेटिएको थियो ।

बिज्ञापन

मोरङ सुनबर्षी नगरपालिका ६ को सरकारी जग्गा रंगेली मालपोत कार्यालयका कर्मचारीको सेटिङमा १७ कट्टा २ धुर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भेटिएसँगै मालपोतका तीन कर्मचारी र एक भूमाफिया गरी चारै जनालाई पक्राउ गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।

यो खेलोमेलोमा मालपोत कार्यालयका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गाधनी भीमप्रसाद सिंहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । घटनाका मुख्य योजनाकार भनिएका मालपोतका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गा आफ्नो नाममा ल्याउने भीमप्रसाद सिंहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको हो ।

बिज्ञापन

मालपोत कार्यालय, रंगेलीका कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर जग्गाको अभिलेख राखिने मूल ढड्डाको को सक्कली पाना नै च्यातेर फ्याँकेका थिए भने त्यस ठाउँमा भीमप्रसाद सिंहको नाममा तयार पारिएको नक्कली अभिलेख टाँसेका भेटिएको थियो । अभिलेखमा २०५८ सालमा भीमले जग्गा प्राप्त गरेको देखाइएको छ, तर श्रेस्ता नै २०७३ ०७४ सालमा राजीनामा पास गराएको नक्कली अभिलेख टाँसेको भेटिएसँगै यो प्रकरण सतहमा आएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष