रवि लामिछाने कारागारबाट छुट्नुमा सचिव दुवाडीको शंकास्पद् भूमिका,यस्तो देखियो नेक्सस

जहाँ र जुन कार्यालयको नेतृत्व सम्हाल्छन्,त्यही विवादमा मुछिने प्रशासक हुन सचिव गोकर्णमणि दुवाडी । सचिव भएसँगै भूमि तथ्यांक हुँदै १३ महिना गृह सचिव चलाएका उनै दुवाडीले गृह प्रशासन नेतृत्व गर्दा कर्मचारी सरुवामा लथालिङ्ग रह्यो भने भिजिट भिसा प्रकरण समेत सतहमा आएको थियो । जागिरे जीवनको उत्तरार्धमा रहेका दुवाडीकै आदेशमा नख्खु कारागारबाट रवि लामिछाने निस्किएको बिषय अहिले सतहमा आएसँगै उनी थप विवादित बन्न पुगेका छन् ।

बिज्ञापन

जेन–जी आन्दोलनको क्रममा नख्खु कारागारबाट निकालिएका रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकाल्नमा उनै दुवाडीको भूमिका मुख्य रहेको देखिएको छ । रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकाल्नमा गृहसचिव गोकर्णमणि दुवाडीको भूमिका रहेको भेटिएको छ । रविलाई कारागारबाट निकालिएसँगै देशभरका कारागारबाट कम्तीमा १५ हजार कैदी भागेका थिए। कारागार व्यवस्थापन विभागका अनुसार अझैं पनि ५५ सय भन्दा बढी कैदीबन्दीहरु फरार छन् ।
हत्यारा,बलत्कारी,डाँका जस्ता अपराधीहरु कारागारबाट बाहिर आएकै कारण अहिले कतिपय मुलुकले नेपाललाई भिसा नदिने निर्णय गरिसकेको स्थिति छ ।

बिज्ञापन

गौरीबहादुर कार्की अध्यक्ष रहेको समितिमा परेको निवेदनमा रास्वपाका कार्यबहाक सभापति डिपी अर्याल र गृह सचिव दुवाडीबीच पटक पटक संवाद भएको,गृह सचिव दुवाडी र दानबहादुर कार्की,रवि पत्नी निकिताबीच यही बिषयमा पटक पटक कुराकानी भएको र सो सँगै रास्वपाको टिम नै रविलाई निकाल्न नख्खु कारागार पुगेको निवेदनमा उल्लेख गरिएको छ ।

बिज्ञापन

उजुरीमा भनिएको छ,  ‘राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्यालसँग टेलिफोन संवाद गरी नख्खु कारागारबाट रवि लामिछानेलाई निकाल्न लगाई देशभरका कारागारका कैदीहरूलाई जेल ब्रेक गर्न उक्साएको कसुरमा छानबिन र हातहतियार लुटाएको कसुरमा कानुनबमोजिम कारबाही गर्नुपर्ने भएको र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, एआईजी कार्की र २३ र २४ भदौका घटनामा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका एसएसपी विश्व अधिकारीलाई सुरक्षा निकायका जिम्मेवार अधिकारीलाई बहलामै राख्दा आफूविरुद्धको प्रमाण नष्ट गर्न सक्ने भएकाले निजहरूलाई तत्काल निलम्बन गरी प्रहरी ऐन २०१२ तथा प्रचलित कानुनबमोजिम कारबाही गरी पाऊँ भनी यो निवेदन पेस गरेका छौँ ।’

तत्कालीन उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, गृह सचिव गोकर्ण मणि दुवाडी र रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालबीच लामो छलफलपछि नख्खु जेल प्रशासनले लामिछानेलाई छुट्टाएको बताइन्छ।

यो बीचमा एआईजी दानबहादुर कार्की र डीपी अर्यालबीच नियमित कुरा भएको,अर्यालले गृह सचिव गोकर्णमणि दुवाडीदेखि मुख्य सचिव एकनारायण अर्यालसँग नियमित कुराकानी गरेको,उनीहरुसँग रवि पत्नी निकिताको समेत पटक पटक कुराकानी भएको देखिएको छ ।

पछि त कारागारले पत्र नै लेखेर दिएपछि रवि बाहिर निस्किएका थिए । कारागारले लेखेको पत्रमा समेत गृह सचिव दुवाडीको आदेश अनुसार भनेर स्पष्ट लेखिएको छ ।

प्रहरी र प्रशासनबाट ग्रीन सिग्नल नपाएको आन्दोलनकारीहरु नख्खु पुग्ने थिएनन् । प्रहरी र प्रशासनलाई मिलाएर रवि कारागारबाट निस्किएको अनुसन्धानाले समेत देखाएको छ । कैदीबन्दीलाई कारागारबाट निकाल्नमा गृह सचिव,मुख्य सचिव,ललितपुरका प्रहरी प्रमुख,ललितपुरका सिडियो,एआइजी कार्कीको भूमिका शंकास्पद देखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

सरकारी बैंकका अध्यक्षहरुले दिए सामुहिक राजीनामा

सचिवविरुद्ध भ्रष्टाचार मुद्धा प्रदेशका प्रमुख सचिव निलम्बित

बिशेष