२१ मालपोत कार्यालयमा आगजनी,१० लाख लालपूर्जा खरानी

जेनजी आन्दोलनका नाममा देशभरका २१ मालपोत कार्यालयमा आगजनी हुँदा करिब १० लाख लालपूर्जाको सरकारी ढड्डा खरानी भएको जनाइएको छ । यसरी सरकारी कागजात खरानी हुँदा धेरै लालपूर्जाहरु समेत जलेका कारण जग्गाधनीहरुले पुन स्रेस्ता कायम गराउनुपर्ने भएको छ ।   घरजग्गाधनीले मालपोत कार्यालय पुगेर फेरि स्रेस्ता कायम गराउनुपर्ने भएको हो । यसका लागि विभिन्न ११ थरी कागजात पेश गर्नुपर्ने भन्दै कलंकी मालपोत पछि कास्की मालपोतले सूचना जारी गरिसकेको छ ।

बिज्ञापन

मालपोत कार्यालयहरुका अनुसार अभिलेख मेटिएकाले जग्गाधनीहरुले श्रेस्ता कायम गर्न जग्गाधनी स्वयं उपस्थित भएर ११ थरी कागजात पेस गर्नुपर्ने सूचनामा भनिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेनजी युवा आन्दोलनको क्रममा काठमाडौंको कलंकी, कास्की, भरतपुर, बाँके, घोराही, तुलसीपुर, मोरङ, बुटवल, धनगढी र खैरहनीसहित २१ मालपोत कार्यालयमा आगजनी भएको थियो ।

बिज्ञापन

आगलागीबाट कलंकी,कास्की, घोराही, भरतपुर,नेपालगन्ज,तुलसीपुर कार्यालयहरु जलेका छन् भने कैलाली, रुपन्देही,डडेल्धुरा, लहान, रंगेली, चनौली, बेलबारी, चन्द्रानगिहापुर, विराटनगर, सिन्धुली, दमक, हेटौंडा र बर्दिबास कार्यालयमा क्षति हुन पुगेको छ । यीमध्ये अधिकांश कार्यालयमा डिजिटल अभिलेख छैन ।

डिजिटल रेकर्ड नभएकाको हकमा भूमि प्रशासन निर्देशिका २०८१ अनुसार श्रेस्ता कायम गर्न झन्झटिलो र लामो प्रक्रिया अपनाउनुपर्ने भन्दै श्रेस्ता कायम गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गा धनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँससहितको सिफारिस, जग्गा धनीसँग भएको सक्कल पुर्जा लगायतका कागजात माग गरिएको छ । यस्का अलवा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिस्टर, फिल्डबुक, नक्सा, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद समेत पेश गर्नुपर्नेछ ।

बिज्ञापन

कागजात जलेका कार्यालयहरुले स्रेस्ता कायम गर्ने प्रक्रियाका लागि आवश्यक कागजात खुलाएर सूचना जारी गरेका छन्। जग्गाधनी दर्ता श्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् मालपोत कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि प्रशासन निर्देशिका २०८१ को दफा २१ अनुसार प्रमाण पेस गर्न मालपोत कार्यालयहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

सरकारी बैंकका अध्यक्षहरुले दिए सामुहिक राजीनामा

सचिवविरुद्ध भ्रष्टाचार मुद्धा प्रदेशका प्रमुख सचिव निलम्बित

बिशेष