अख्तियारको पाइपलाइनमा ठूला माछाहरु

जेनजी आन्दोलनपछि अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरुको राजीनामा माग्न थालिएपछि अख्तियार आक्रामक बनेको छ ।

बिज्ञापन

अख्तियारले तत्कालीन सत्ता शक्तिको बलमा लम्बतेतान अनुसन्धान गरेर अर्थात फाइल तामेलीमा राखेर रोकिरहेका भ्रष्ट्राचारका मुद्धाहरु जेनजीको बलमा नयाँ अन्तरिम सरकार बनेसँगै धमाधम मुद्धा विशेष अदालतमा दायर गर्ने तयारी गरिरहेको छ ।
बुधबार र बिहिबारमात्र अख्तियारले दुई वटा मुद्धामा २० जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेकोमा अब भिजिट भिसा,सुन तस्करी,लिचिबारी,पोखरा एयरपोर्ट लगायतका मुद्धामा ठूला माछालाई प्रतिवादी बनाएर मुद्धा लैजाने तयारी गरिरहेको छ ।

बिज्ञापन

बुधबारमात्र पोखरा कास्कीको लिचिवारी जग्गा प्रकरणमा ओली र प्रचण्ड सरकारका मन्त्रीद्धय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ट उपसचिव रामचन्द्र अधिकारीसहित ७ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएको थियो ।

बिहिबार अख्तियारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनले एमआरआई मेसिन खरिदमा घोटाला गरेको अभियोगमा भण्डारीसहित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन का मु रजिस्ट्रार झन्कार लामिछाने, तत्कालीन फाईन्यान्स मेनेजर कैलाशप्रसाद देव, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डि सी, शाखा अधिकृत श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, प्रतिष्ठानका तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, प्रतिष्ठानका तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा र लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका अध्यक्ष पोस्टराज ज्ञवाली लगायतलाई प्रतिवादी बनाएको छ ।

बिज्ञापन

यता अख्तियारले अबको साता दिनभित्रैमा अख्तियारले भिजिट भिसा प्रकरणदेको मुद्धा विशेषमा लैजाने तयारी गरिरहेको अख्तियार स्रोतले जनाएको छ । अख्तियार स्रोतका अनुसार पहिलो चरणमा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित केही कर्मचारी र बिचौलियालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरिरहेको हो । अनुसन्धान चलेपछि गृहको बरण्डामा रहेका भट्टराई हालैमात्र सरुवा भएर संघीय मामिला तथा सामान्य प्रशासनमा पुगेका छन् ।

यस्तै अख्तियारले लिचिबारी जग्गा प्रकरणमा समेत पूर्व मन्त्री बलराम अधिकारी र पूर्व सचिव अर्जुन पोखरेलको घुस डिल प्रकरणमा अनुसन्धान गरेर मुद्दा दायर गर्ने अख्तियारको तयारी छ।

अख्तियारको ‘पाइपलाइन’मा रहेका ठूला र शक्तिशाली माछा प्रदिप अधिकारी हुन्। अख्तियारले क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको बताइन्छ। विमानस्थल निर्माणमा अर्बौं रुपैयाँ घोटाला भएको भन्दै उनीविरुद्ध अख्तियारमा दर्जनौं उजुरी परेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करिब १० अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित युवराज सफलले गत भदौ १ गते अख्तियारमा १२ पृष्ठ लामो उजुरी दर्ता गरेका थिए। त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १२ अर्ब र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप पनि उनीमाथि लागेको छ।

उता, चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् । विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो । महरासँग शुक्रबार दिनभर अख्तियारका अनुसन्धान अधिकृतले बयान लिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष