३४ उपसचिवको सरुवा तथा पदस्थापन

पहिला काज त्यसपछि सोही कार्यालयमा राज !

बिज्ञापन

नापी र मालपोतका ३४ जना उपसचिवहरुको सरुवा गर्दा यस्तै भएको छ । यस अघि तीन महिने काजका लागि खटाइएका अधिकांश उपसचिवहरुलाई काज सरुवा गरिएकै कार्यालयमा थमौती गरिएको छ । नापी तथा मालपोतका ३४ जना उपसचिवहरुको सरुवा तथा पदस्थापनमा यस्तो गरिएको हो ।
गत असोज १२ मा विभिन्न मालपोत कार्यालय र नापीका प्रमुखहरुको सरुवा तथा पदस्थापन गरिँदा चलखेलमा माहिर उपसचिवहरुलाई पहिला रोज्जाको कार्यालयमा काज सरुवा महिना दिन पछि सोही कार्यालयमा सरुवाको व्यवस्था मिलाइएको हो ।
यस अघि काजमा सरुवा भएका उपसचिवहरुमध्ये कतिपयलाई काज सरुवा भएकै कार्यालयमा पदस्थापन गरेको छ भने केहीलाई अन्यन्त्रै खटाइएको छ ।
सूची अनुसार,यस अघि काजमा हरिवन सर्लाहीमा सरुवा भएका विष्णु सिटौलालाई मालपोत कार्यलय धरान,सुनसरी,मदन घिमिरेलाई इनरुवा,सुनसरीमा पदस्थापन गरेको छ । यस्तै,राजविराज सप्तरी मालपोत कार्यलय प्रमुख रहेका भुपेन्द्र राईलाई साँखु मालपोतको प्रमुखको रुपमा सरुवा गरिएको छ भने मालपोत कार्यलय दोलखामा काज खटिएकी हिरादेवी पौडेललाई भूमि व्यवस्था मन्त्रालयमा ल्याइएको छ । सरुवाको सूची अनुसार,जीवनराज सेढाइलाई मन्त्रालयमै पदस्थापन गरिएको छ । सेढाइ यस अघि ललितपुर मालपोतको प्रमुख थिए ।
यस्तै,दिपक कोइरालालाई बेलबारी मोरङमै पदस्थापन गरिएको छ ।
मालपोत कार्यलय विरेन्द्रनगर सुर्खेतबाट काजमा दोलखा खटाइएका राजेन्द्र प्रसाद पौडेललाई सोही कार्यलयमा पदस्थापन गरिएको छ । सूची अनुसार,यस अघि स्थानीय तहमा हुँदा यौनकाण्ड लागेर सामान्यको बरण्डामा तानिएर सेटिङ मिलाएर मालपोत कार्यलय लहानमा पुगेका डमरु निरौलाले त्यही पदस्थापनको व्यवस्थापन मिलाएका छन् ।
काजमा मालपोत कार्यलय दमक,झापामा सरुवा भएका लक्ष्मी खरेललाई त्यही पदस्थापन गरिएको छ भने यस अघि पर्सा वीरगञ्जबाट काजमा लगनखेल सरुवा मिलाएका अशोक भट्टराईलाई सोही कार्यलयमा खटाइएको छ ।
खिमानन्द आचार्यलाई भूमि व्यवस्थापन विभाग, मालपोत कार्यलय हरिवन सर्लाहीमा काज सरुवा भएका राजेन्द्र प्रसाद पोखरेललाई मालपोत कार्यलय विराटनगर मोरङमा सरुवा गरिएको छ ।
मालपोत कार्यलय मनमैजुबाट नरेन्द्र पौडेललाई भूमि व्यवस्थापन विभाग,यस अघि जलेश्वर महोतरी पुगेका देवी बहादुर भण्डारीलाई मालपोत कार्यलय वीरगञ्जमा सरुवा गरिएको छ ।
सूची अनुसार,यस अघि खैरेहनी चितवनमा कार्यरत रहेका राजेन्द्र पौडेललाई तनहुँ मालपोत प्रमुखका रुपमा सरुवा गरिएको छ भने सहकारी विभागमा उपरजिष्ट्रार रघुनाथ महतलाई मन्त्रालयमा पठाइएको छ ।
समस्याग्रस्त सहकारी कार्यलयमा काजमा कार्यरत सुचित्रा राईलाई पौडेलले सम्हालिरहेको सहकारी विभागको उपरजिष्ट्रारको जिम्मेवारी दिइएको छ । मनोज कुमार सैनीलाई रुपन्देही भैरहवाको मालपोत प्रमुखको जिम्मेवारी दिएर खटाइएको छ भने हरि प्रसाद पन्तलाई भूमि विभागको निर्देशकको रुपमा ल्याइएको छ । काजी बहादुर विष्टलाई डिल्लीबजार मालपोतको प्रमुखको रुपमा पदस्थापन गरिँदा सुमिर कोइराला नापी विभाग मीनभवन पुगेका छन् ।
मनी प्रसाद रेग्मीलाई नापी कार्यालय रुपन्देही,दाङमा मालपोत प्रमुख रहेका विष्णुभक्त सिग्देललाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द,धुलिखेलमा खटाइएको छ ।
यस्तै,मन्त्रालयमा कार्यरत रहेका रामबहादुर शाहीलाई मालपोत कार्यालय,काभ्रेपलाञ्चोक खटाइको छ । सरुवाको सूची अनुसार,मनोज पोखरेललाई धादिङ मालपोतमै पदस्थापन गरिएको छ भने महेश अधिकारीलाई मनमैजु मालपोतको प्रमुखको जिम्मेवारी दिएर खटाइएको छ ।
यस्तै डिल्लीराज भण्डारीलाई नापी कार्यालय,डिल्लीबजार प्रमुख,श्रीधर भण्डारीलाई नापी कार्यालय,चितवन,प्रमुख,सुवास भण्डारीलाई नापी कार्यालय,कास्कीमा खटाइएको छ भने कलकी मालपोतमा काज सरुवा भएका रविन ढकाललाई सोही कार्यालयमा पदस्थापन गरिएको छ । यस्तै डिल्लीबजार मालपोत प्रमुख रहेका लोकहादुर भण्डारी छोटो समयमा सरुवा भएर काभ्रेपलाञ्चोक पुगेका छन् । मालपोत कार्यालय साँखुका प्रमुख रहेका कुमार खड्का मालपोत कार्यालय सिन्धुली पुर्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फागुन २१ मा निर्वाचन नभए के हुन्छ ?

पूर्वउपकुलपति डा भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंको सुरक्षा व्यवस्था कडा,सात हजार प्रहरी तैनाथ

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

३४ उपसचिवको सरुवा तथा पदस्थापन

परिणामप्रति आसक्तिविना : कर्म गर्ने संस्कृति

बिशेष