१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी गजेन्द्र कुमार ठाकुरले पाएका छन् । १४ बर्षको इतिहासमा सो विभागको दोह्राएर नेतृत्व गर्नै अवसर पाएका हुन्,ठाकुरले ।
३१ असार २०६८ मा स्थापना भएको सम्पत्ति शुद्धीकरण विभागमा यो १४ बर्षको अवधिमा १८ जना महानिर्देशकहरु परिवर्तन भएका छन् । जसमध्येका सहसचिव ठाकुरले चार बर्ष पछि पुन सोही विभागको नेतृत्व गर्ने अवसर पाएका हुन ।
रुपनारायण भट्टराई पछि ठाकुरलले पहिलो पटक विभागको नेतृत्व सम्हालेका थिए । ७७ फाुगन २१ देखि ७८ साल असोज १ गतेसम्म झण्डै सात महिना पहिलो पटक विभागको ने्तृत्व सम्हालेका ठाकुरलाई चार बर्ष पछि सोही विभागको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो ।

बिज्ञापन

यस अघि यो विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत ल्याइएकोमा लगिएको थियो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अन्तरिम सरकारले सो विभागलाई हालैमात्र अर्थ मन्त्रालय मातहत लगेको थियो । लामो समय सञ्चार मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका ठाकुरलाई गत १२ असोजमा अर्थ मन्त्रालयमा सरुवा गरिएकोमा उनलाई पसन सम्पत्ति शुद्धीकरणमा खटाइएको हो ।

बिज्ञापन

यस अघि भदौं १९ गते मात्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी कृष्णप्रसाद मैनालीलाई दिइएको थियो । उनलाई महिना दिनमै सरुवा गरिएको हो ।

हालसम्म विभागको नेतृत्वमा मैनालीका अघि सुमन दाहाल, कमल प्रसाद भट्टराई, पुष्प राज शाही,तारानाथ अधिकारी, प्रेम प्रसाद भट्टराईले गरिसेकका छन् । यस्तै यस अघि गजेन्द्र कुमार ठाकुर,रुपनारायण भट्टराई,जीवन प्रकाश सिटौला,किशोरजङ्ग कार्की,दामोदर रेग्मी,केवल प्रसाद भण्डारी,अर्जुन प्रसाद पोखरेल,चुडामणि शर्मा, सुर्य प्रसाद आचार्य,राजेन्द्र प्रसाद नेपाल, मुक्तिनारायण पौडेल र खुमराज पुञ्जालीले विभागको नेतृत्व गरिसकेका छन् ।

बिज्ञापन

अर्थमन्त्री रामेश्वर खनालले ठाकुरलाई देशलाई जतिसक्दो छोटो समयमा ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्ने मुख्य जिम्मेवारी दिएर विभागमा दोह्रोर्याएर पठाएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष