अख्तियारका प्रमुख आयुक्तलाई हटाउने तयारी,जेनजीले माग्यो प्रेम राईसहित आयुक्तहरुको राजीनामा

जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ ।

बिज्ञापन

१२ वटा जेन–जी समूह मिलेर बनेको ‘जेन जी मुभमेन्ट अलायन्स’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई पद छाड्न इमेलमार्फत् पत्र पठाउँदै तत्काल राजीनामा दिन लिखित आग्रह गरेको हो ।

बिज्ञापन

राजीनामा नआए भोलि १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गराएर थप आन्दोलनका कार्यक्रमहरू गर्ने एलायन्सको चेतावनी छ । अलायन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै प्रमुख आयुक्त प्रेमकुमार राईसहित अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले संसदीय सुनुवाइविनै ‘निरङ्कुश ढङ्गले’ गरेको आरोप अलायन्सले लगाएको छ ।‘

समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन् ।’

बिज्ञापन

अख्तियार प्रमुख राई लगायतका आयुक्तहरुलाई पठाइएको पत्रमा लेखिएको छ, तपाईंलगायत अरु सम्पूर्ण आयुक्तको नियुक्ति संसदीय सुनुवाईबिना नै पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेशमार्फत् निरकुंश ढंगले भएको छ, यसले तपाईको निष्पक्षतामा ठूलो प्रश्न उठाउँछ ।’

अख्तियारका प्रमुख प्रेम राईको नाम नै वाइडबडी घोटालालगायत प्रकरणमा जोडिएको उल्लेख गर्दै समूहले भनेको छ यी घटनाहरूमा प्रत्यक्ष वा नियामक हैसियतमा संलग्न रहेकाले प्रमुख आयुक्तको नैतिक जिम्मेवारी बनेको छ । अत तत्काल राजीनामा दिनु नै अख्तियारको गरिमा र विश्वास पुन स्थापना गर्ने बाटो हो ।’

जेनजी मुभमेन्ट अलायन्सले अनौपचारिक तथा विद्युतीय माध्यमबाट गरेको राजीनामा माग पूरा नभए भोलि असोज २१ गते बिहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यकता परे अन्य कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्वार्टरसहित शान्त ठाउँमा जान चाहेका सहसचिवको सामान्यको बरण्डामा सरुवा

भ्रष्टाचारको गन्ध: सान्जेन, लाङटाङ भोटेकोशी र सलासुलुङ्गी हाइड्रोपावरको रकममा बनेको पुल एक वर्षमै भत्कियो

अख्तियारका प्रमुख आयुक्तलाई हटाउने तयारी,जेनजीले माग्यो प्रेम राईसहित आयुक्तहरुको राजीनामा

बीपी राजमार्ग अवरुद्धपछि मन्थली–चरिकोट–दोललघाट हुँदै काठमाडौं वैकल्पिक मार्ग सञ्चालनमा

तातोपानी नाका पुनः सञ्चालन, आजदेखि सवारी आवागमन सुरू

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

बिशेष