अस्थायी र करार सेवा सम्झौता रद्द

 दशैँ सुरु भइसकेको माहोलमै सिरहा नगरपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई जागिरबाट हटाउने निर्णय गरेको छ। नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि लागू हुने गरी सबै अस्थायी, करार, ज्यालादारीलगायतका नियुक्ति र सम्झौता खारेज गरेको हो।

बिज्ञापन

नगर प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले संघीय सरकारको हालैको मन्त्रिपरिषद् निर्णय र त्यसपछि आएका परिपत्रको आधारमा यो कदम चालिएको जानकारी दिएका छन्। असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी वा करारमा कर्मचारी राख्न नपाइने निर्णय गरेको थियो। सो निर्णयअनुसार अर्थ मन्त्रालय (असोज ७ गते) र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (असोज ८ गते) ले परिपत्र जारी गरी सबै तहका सरकारलाई करार तथा अस्थायी सम्झौता खारेज गर्न निर्देशन दिएका थिए।

बिज्ञापन

त्यसकै आधारमा सिरहा नगरपालिकाले करार, अस्थायी र अन्य दरबन्दीबाहेकका कर्मचारीलाई हटाएको हो।

तर, दशैँको फूलपातीको अघिल्लो दिनदेखि नै कर्मचारीलाई जागिरविहीन बनाउने निर्णयप्रति स्थानीयवासीले आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा धेरैले “मुख्य चाडको बेला रोजगारी खोस्नु अमानवीय” भन्दै असन्तुष्टि प्रकट गरेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष