सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको छ । र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत फर्काइएको छ ।
बिज्ञापन
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सात बर्ष अगाडि राष्ट्रिय अनुसन्धान विभागलाई गृह र सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत लगिएको थियो । तर सात बर्ष पछि बनेको अन्तरिम सरकारले पूरानै ठाउँमा फर्काएको हो ।
बिज्ञापन
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रालयमातहत नै ल्याउने निर्णय गरेको हो । विस २०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।
तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप १६ फागुन २०७५ मा यी विभागहरूलाई आफूमातहत ल्याएका थिए । गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी तीनवटा सुरक्षा अंग रहेकोमा विभाग चाहिँ प्रधानमन्त्री कार्यालय मातहत गएपछि सुरक्षा समन्वयमा ठूलो कमजोरी रहँदै आएको थियो । २३ र ३४ भदौको आन्दोलनका क्रममा पनि त्यो स्पष्ट रुपमा देएिको थियो ।