अष्टमी,नवमी र दशमीमा उत्तरगया गाउँबासीलाई पालिकाको निशुल्क बस सेवा

उत्तरगया गाउँपालिकाले दशैंका बेला काठमाडौंबाट रसुवा फर्कने आफ्ना जिल्ला तथा पालिकाबासीहरुका लागि निशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ । पालिकाले महाअष्टमी,महानवमी र विजया दशमीको दिन निशुल्क बस सेवा शुरु गर्ने भएको हो ।
गत शुक्रवार बसेको पालिकाको बैठकले दशैं पर्वको तीन दिन पालिकाबासीहरुका लागि निशुल्क बस सेवा शुरु गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले जनाएका छन् ।
स्थानीय नागरिकहरुको सहज आवागमनका लागि दशैंका तीन दिन निशुल्क बस सेवा शुरु गरेको पालिकाले जनाएको छ । पालिकाले तीन दिन दुइ वटा रुटमा बस सेवा निशुल्क चलाउने भएको हो ।
जस अनुसार,काठमाडौंदेखि वेत्रावती हुँदै शान्तिबजार रुट र काठमाडौंबाट बनुवा डाँडा कर्मिडाडा हुँदै ढुंगेसम्म बस सेवा सञ्चालन गरिएको पालिकाले जनाएको छ ।
काठमाडौंबाट शान्तिबजार रुटको गाडी बिहान ८ बजेर ३० मिनेटमा छुट्नेछ । यात्रु भएको अवस्थामा बस मैलुङ सम्म पुग्ने बताइएको छ । यस्तै काठमाडौं कर्मीडाँडा रुटमा चल्ने बस मध्यान्ह १२ बजे छुट्ने जनाइएको छ ।

बिज्ञापन

थप जानकारीका लागि स्थानीय नागरिकहरुलाई वडा अध्यक्षसँग सम्पर्क गर्न पालिकाले अनुरोध गरेको छ ।

बिज्ञापन

यसैबीच उत्तरगया गाउँबासीहरुले पालिकालाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरिदिन अनुरोध समेत गरेका छन् । गत महिना अर्थात ३ भदौंमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाले सूचना प्रकाशित गरी २०८२ साल भदौ १५ गतेदेखि १७ गतेसम्म ३ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर संचालन हुने जानकारी दिएको भए पनि सो शिविर हालसम्म संचालन नभएकोले गाउँमा रहेका बृद्धबृद्धा, महिला, बालबालिका, विद्यार्थी तथा सर्वसाधारणलाई असुविधा भएको उल्लेख गर्दै उत्तरगयाबासीहरुले पालिकाका अध्यक्षलाई सम्बोधन गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरिएको छ ।

जनतालाई राहत पुर्याउन तत्काल स्वास्थ्य शिविर संचालन गर्न गाउँपालिकालाई स्थानीयहरुले आग्रह गरिएको छ।स्थानीयबासीहरुले चार पाँच सयको सेवा सुविधाभन्दा स्थानीय विकास तथा आधारभूत आवक्यक्तामा लगानी गर्नु बुद्धिमतापूर्ण हुने उल्लेख गर्दै स्थानीयहरुले भोलिका दिनमा क्षती भएमा पालिका जिम्मेवार हुने औल्याएका छन् ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बिशेष