अर्थसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री रामेश्वर खनालले कर्मचारीहरुलाई ढुक्क भएर काम गर्न भनेका छन् ।
पछिल्लो समय विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग जोडिएका विवादित चरित्रका गणेश घिमिरेलाई संयोजक बनाएर जागिरे जीवनका क्रममा विवाद र बदनामीमा मुछिएका केही कर्मचारीहरु समेटेर सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२ गठन गरिएको छ ।
बिज्ञापन
बिज्ञापन
उक्त अभियानले मुख्य सचिवसहितका विशिष्ट कर्मचारीमाथि कारबाहीको माग अघि बढाइरहेका बेला मन्त्री खनालले कार्यालयको काममा बाधा पर्ने कुनै काम नगर्न पनि आग्रह गरेका छन्।
संघीय निजामती सेवा विद्येयक उपर छलफल चलिरहँदा कुलिङ पिरियडमा छेडखानी गरेको आरोपसहित मुख्यसचिव, संसद्का महासचिव तथा सर्वोच्चका मुख्य रजिस्टारसम्मलाई कारबाहीको माग राखेर केही कर्मचारीले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएलगत्तै मन्त्री खनालले वक्तव्यमार्फत कर्मचारीको मनोबल कमजोर पार्ने कुनै काम नगर्न आग्रह गरेका हुन्। मन्त्री खनालद्धारा जारी प्रस विज्ञप्तिमा कर्मचारीको मनोबल कमजोर पार्ने कुनै काम नगर्न आग्रह गरेका हुन्।
बिज्ञापन
बक्तव्यमा भनिएको छ,सबै सरकारी कार्यालयहरूमा सुरक्षित कार्य वातावरण निर्माण गरी निर्बाध सेवा प्रवाह सुनिश्चित गर्न समेत नेपाल सरकार प्रतिबद्ध छ। तसर्थ सम्पूर्ण निजामती कर्मचारीहरूको केन्द्रीय निकाय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीको हैसियतमा म सबै कर्मचारी साथीहरूलाई स्वतःस्फूर्त रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नमा केन्द्रित हुन र कर्मचारीको मनोबल कमजोर पार्ने खालका क्रियाकलाप एवम् कार्यालयको काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन आह्वान गर्दछु।’
राष्ट्र सेवक कर्मचारीको वृत्ति विकास एवं सेवा सुविधामा असर पर्ने गरी कुनै निर्णय नलिने खनालको वक्तव्यमा उल्लेख छ। प्रक्रियागत सरलता, शीघ्रता र पारदर्शीतासहितको गुणस्तरीय सेवा प्रवाहमा अविच्छिन्नता सुनिश्चित गर्न,राष्ट्र सेवक कर्मचारीको वृत्ति विकास एवं सेवा सुविधामा असर पर्ने गरी कुनै निर्णय नलिने खनालको वक्तव्यमा उल्लेख छ। प्रक्रियागत सरलता, शीघ्रता र पारदर्शीतासहितको गुणस्तरीय सेवा प्रवाहमा अविच्छिन्नता सुनिश्चित गर्न पनि उनले कर्मचारीलाई आग्रह गरेका छन्।
‘प्रक्रियागत सरलता, शीघ्रता र पारदर्शीता सहितको गुणस्तरीय सेवा प्रवाहमा अविच्छिन्नता सुनिश्चित गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुमा उच्च मनोवल कायम राखिरहन सरकार सधैँ प्रतिवद्ध रहेको कुरा स्पष्ट पार्न चाहन्छु’, मन्त्री खनालले भनेका छन्, ‘कार्यबोझ कम भएका कार्यालयको दरबन्दी घटाई कार्यवोझ बढी भएका र सेवा प्रवाहमा प्रत्यक्ष संलग्न हुने कार्यालयहरुमा दरबन्दी वृद्धि गर्ने गरी कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने वर्तमान सरकारको नीति रहेको समेत जानकारी गराउँदछु ।’
सरकारी कर्मचारीले सार्वजनिक संस्थान र कार्यालयमा जेनजी नेपाल खोल्दै जिम्मेवार पदाधिकारी र निश्चित व्यक्तिको बर्खास्ती तथा राजीनामा माग्दै धाकधम्की दिने र ट्रेड युनियन खारेजको माग गर्दै आफैं ट्रेड युनियन अभ्यास गर्न थालेपछि सामान्य प्रशासन मन्त्रीसमेत रहेका अर्थमन्त्री रामेश्वर खनालले वक्तव्य निकालेका हुन ।
उक्त वक्तव्यमा ‘सम्पूर्ण निजामती कर्मचारीहरुको केन्द्रीय निकाय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीको हैसियतमा म सबै कर्मचारी साथीहरुलाई स्वतःस्फूर्त रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नमा केन्द्रित हुन र कर्मचारीको मनोवल कमजोर पार्ने खालका क्रियाकलाप एवम् कार्यालयको काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन आव्हान गर्दछु’, मन्त्री खनालले भनेका छन् ।