टोपबहादुर कारागार फर्किएको २४ घण्टा नबित्दै जगन्नाथदेवल फर्किए पूर्व गृह सचिव

रवि लामिछाने पथ’ पछ्याउँदै कारागारबाट भागेको १४ दिनपछि एमालेको निलम्बित सचिव टोपबहादुर रायमाझीले केन्द्रीय कारागारमा पुगेर हात उठाएका छन् । सोमबार साँझ केन्द्रीय कारागार फर्किएका रायमाझीले आत्मसमर्पण गरेको २४ घण्टा पछि सोही प्रकरणमा उनीसँगै केन्द्रीय कारागारमा कैद सजाय काटिरहेका पूर्व सचिव टेकनारायण पाण्डे पनि कारागार फर्किएका छन् ।

बिज्ञापन

सुन्धरास्थित जगन्नाथदेवल कारागारका अनुसार एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई जगन्नाथदेवलबाट सरुवा भएर डिल्लीबजार कारागार पुगेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा परेर जेनजीको आन्दोलनको मौका छोपेर भागेका रायमाझीलाई सोमबार साँझ कारागार व्यवस्था विभागले सरुवा गरिदिएको हो । अब उनी त्यहाँ दीपक मनाङ्गेहरुसँगै रहने भएका छन् । यस अघि रवि पथ पच्छ्याउँदै कैदीहरु भागेसँगै केन्द्रीय कारागार रित्तिन पुगेको थियो ।

बिज्ञापन

जगन्नाथ देवल कारागारका अनुसार,पूर्व गृहसचिव टेकनारायण पाण्डे र प्रतीक थापा हिजो साँझ सुन्धरा कारागारमा आफैं उपस्थित भएका हुन्। यस्तै बेचन झा पनि आज दिउँसो हाजिर हुन आइपुगेको हुन । हिजै साँझ सानु भण्डारी र केशव दुलाललाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

कारागारबाट ३३ सय कैदी भागेकामध्ये १ हजार फर्किएको कारागारले जनाएको छ । गत २५ भदौंमा डिल्लीबजार कारागारबाट १२५० कैदीबन्दी सुन्धारा सारिएको थियो भने डिल्लीबजार कारागारमा हाल २ सय ७ जना कैदीहरु रहेका छन् । भागेको १४ दिनपछि कारागार पुगेका रायमाझीलाई केन्द्रीय कारागारले सोमबारै डिल्लीबजार कारागारमा सरुवा गरिसकेको छ ।
यस्तै ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइसकिएको छ ।

बिज्ञापन

कारागार व्यवस्थापन विभागका अनुसार अझैं आठ हजार हाराहारी कैदीबन्दीहरु फरार छन् । ६ हजार ३ सय २८ जना कैदीबन्दी फर्किएका छन् । कतिपय पुन अपराधिक क्रियाकलापमा संग्लग्न भइरहेको अवस्थामा केही कैदीहरु गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् ।

पछिल्लो एक दिनमै १ सय ४९ जना गल्ती भयो भन्दै विभिन्न कारागारमा फर्किएका छन् । रवि लामिछाने पथ पछ्याउँदै देशभरका २८ कारागार तथा ९ वटा बालसुधार गृहबाट गरी १४ हजार ५ सय ५५ कैदीहरु भागेकामध्ये अझै ८ हजार २ सय २६ जना सम्पर्कमा छैनन् । कारागारबाट १३ हजार ५ सय ९१ र सुधारगृहबाट ९ सय ६४ जना भागेका थिए। सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका ५ हजार ९ सय ८७ तथा सुधारगृह तर्फका ३ सय ४१ जना फर्किएका कारागार व्यवस्था विभागले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

बिशेष