परिवर्तनले दिएको आशा र आशंका

      विगत एक हप्तामा विभिन्न नियती भोग्नु पर्यो । सडकमा ओर्लिएर परिवर्तन चाहने निहथ्था बालबालिका लगायतका नागरिकको विभत्स हत्याको समाचार सुनियो सामाजिक संजाल खोजि खोजि हेरिएन किनकी ती मेरै छोराका उमेरका थिए । मेरा छोरा परिवारसित थिए घर बाहिर निष्कन बन्देज लाग्यो । यदि एक्लै बस्थे भने एउटा मेरो छोरो हुने थियो । सायद त्यसैले होला मन विक्षिप्त बनाउन ती दृष्य खोजि खोजि हेर्न मन आतुर भएन । दुईवटा दृष्यले मन भावविव्हल भयो । आशु रोक्न सकिएन । पहिलो सिंहदरवार जलेको दृष्यसँगै जलेको मन असह्य छट्पटाहट आशा हराएको दोस्रो प्रधानमन्त्रीको सपथ ग्रहणको समय । दोस्रो दृष्यले लाग्यो जलेको मन सम्हालियो अव विगत फर्केर आउने छैन । तर पनि अनेक प्रश्नछन् मनमा यसबाट यस्तो परिवर्तन आउला नआउला ।
आशा :सरकारप्रति
प्रधानमन्त्रिज्यूको सादगीपन साहस र स्पष्ट बिचार हेर्दा लाग्छ । अव नेपालीको दुस्ख सकियो । यी सकारात्मक विषयको थालनी हुनेछ । सिंहदरवारभित्र महंगा सवारी विदेशबाट झिकाइएको महंगा फर्निचर, पर्दा, कार्पेट, गलैचा लगायतका सामाग्री खरानी भैसकेको छ । तर पनि मन्त्रिपरिषद् र मन्त्रालय सिंहदरवार परिषरमै संचालन हुनेछ । सामान्य मर्मत पश्चात प्रयोग गर्न मिल्ने भवनहरुमा मन्त्रालय संचालन हुनेछ । मर्मत गर्न आवश्यक सामाग्री देश भित्रै उत्पादन भएको हुनेछ । प्रधानमन्त्री र मन्त्रीहरुलाई सुरक्षा निकायका गाडीहरु अगाडी पछाडी गर्दै स्कटिग गर्दे सिंददरवार भित्र प्रवेश गर्ने छैनन । मन्त्रीहरुको निजी सचिवालय मन्त्रलयमा हुने छैन । मन्त्रिले सचिव लगायतका कर्मचारीलाई जिम्मेवार बनाउनेछन् । कर्मचारीतन्त्र छरितो हुनेछ । कर्मचारीतन्त्रको निर्मम प्रयोग हुनेछ । राजनीतिक दलका झण्डा बोक्ने दलीय संयन्त्रको बन्देज निजामती तर्फमात्र नभई सबै संगठित संस्थामा हुनेछ । इमान्दार कर्मचारीको पहिचान गरेर जिम्मेवारी दिइनेछ । अनावश्यक संरचना खारेज हुनेछ । सरकारले नागरिकको विश्वास जित्ने हो भने नागरिकको सेवा प्रवाह पहिलो प्राथमिकता हो नकि मन्त्रि र सचिवको लागि भवन र सवारी साधनको जोहो । अहिले बचेका सवारी अत्यावश्यक उपयोगका लागि प्रयोग गरिनेछ । सार्वजनिक यातायातलाई प्रभावकारि बनाई उपल्लो तहमा कार्यरत कर्मचारीले समेत सार्वजनिक यातायातको प्रयोग अनिवार्य गर्नेछन् । नागरिकको सरकारप्रति विश्वास बढ्नेछ । सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त भएमा चुनाव छ महिनामा हैन दुई वर्ष पछि गरे पनि सरकारप्रतिको विश्वास ढल्दैन । निजी क्षेत्रलाई नेता मन्त्री र कर्मचारीले चुस्ने छैनन् । सामाजिक दायित्व बिर्सने राज्यमाथि घात गर्ने निजी घराना कानूनी दायरामा आउनेछन् । सुशासन अहिलेको परिवर्तनको माग हो । सोही माग बमोजिम निजामती कर्मचारीतर्फ कार्यालय सहयोगी देखि सबैको प्रहरी तर्फ इन्स्पेक्टर देखी माथि सबैको नेपाली सेनाका अधिकृतस्तर सेनानी देखी माथिका सबै राजनीतिक नियुक्ती लिने र निर्वाचित पदाधिकारी सबैको गैरकानूनी सम्पती छानविन गरी राष्ट्रियकरण हुनेछ । शिक्षा क्षेत्र राजनीतिबाट पूर्णरुपमा मुक्त हुनेछ ।
आशंका :सरकारप्रति
अ हजुर हस् भन्ने कर्मचारीतन्त्रले निरन्तरता पाएमा हेर्नुहोला प्रधानमन्त्रीज्यू तपाई हामीले खोजेको परिवर्तन असम्भव छ । नेतालाई भ्रष्टाचारी भनिरहदा तिनका गुरु कर्मचारी हुन् भन्ने बुभ्नु होला नहोला। अहिले न्यायल, मन्त्रिपरिषद्, संवैधानिक निकायका पदाधिकारी, नेपाली सेनालाई भ्रष्टाचारको विषयमा कानूनीरुपमै उन्मुक्ति छ । पारदर्शिताको अभावमा ति निकायको भ्रष्टाचार आकलन नागरिकले गर्न सकेको अवस्था छैन । यो विषय प्राथमिकतामा पर्ला नपर्ला ।
कर्मचारीतन्त्रप्रति
मुख्य सचिवज्यू तपाई हाम्रो अभिभावक हुनुहुन्छ । विषम अवस्थामा अन्तरिम सरकारलाई सहयोग गर्न प्रतिबद्धता जनाउनु भएछ त्यसको लागि आभारसंगै सहयोग कसरी गर्ने भन्ने अनुत्तरित प्रश्न र आशंका छन् ।
सिंहदरवारभित्र प्रधानमन्त्री, मन्त्री, सचिव, डिजी लगायतका सत्ताको नजिक भएका कर्मचारीले प्रयोग गर्ने महंगा सवारी, विदेशबाट झिकाइएको महंगा फर्निचर लगायतका सामाग्री खरानी भए। अति सुविधाभोग र शासकको प्रवृति अनुसरण गर्न लोक सेवा आयोगले इजाजत दिएको ठान्नेको जमात कर्मचारीतन्त्रमा अधिक छ । पछिल्लो समय राजनीतिक दलका भातृ संगठनमा आवद्ध कार्यालय सहयोगी समेत मन्त्रालयका सचिव र डिजी सरुवा गराउने अघोषित पदाधिकारी हुन् । मन्त्रीका मात्र हैन सचिव डिजीका घरमा समेत श्रीमती, छोरा, छोरीको लागि छुट्टा छुट्टै कार्यालयको सवारी प्रयोग भएको देखेकै हो । नव नियुक्त प्रधानमन्त्रि र मन्त्रीहरुलाई खुशी पार्न सुरक्षा चुनौती हुन्छ भन्दै बुलेट प्रुफ गाडी, मलेसियाका फर्निचर आयात तथा सिंहदरवार भित्र महल खडा गर्न सबै कर्मचारीको तलब काटेर हामी योगदान गर्छौ भन्ने हो भने खवरदार कर्मचारी सबै भ्रष्ट छैनन् । केही कहिले तलव आउला र घरभाडा तिरौला छोराछोरीको स्कूल फि तिरौला बा आमाको मृगौला डायासिस गरौला भन्ने होलान । केही संचयकोषबाट ऋण लिएर चारआने घडेरी किन्नेछन् ब्याज तिर्न आत्तिएका होलान । मन्त्री खुशी पार्न यिनको गाँस काट्ने, आत सुकाउने कार्य गर्ने छुट छैन कसैलाई काटिएको तलव सार्वजनिक सेवा प्रवाह गर्न अत्यवश्यक न्यूनतम लागत लाग्ने संरचना निर्माण र विकास निर्माणमा लाग्छ भन्ने सुनिश्चित भएमा दिलदेखी सबै तयार छौ। देश बन्छ भने स्वयंसेवक हुन तयार छौ ।
अव सिंहदरवार बनाउनुको ‌ओचित्य सकियो यसलाई संग्रालयको रुपमा सुरक्षित गरौ आम्दानीको स्रोत बनाउ । विदेशी ऋणमा महल बनाई त्यसमा भोग गर्नलाई यो नरसंहार भएको हैन बुझौं । उठौं जुटौ हातेमालो गरौं । मुख्य सचिवज्यू तपाईको नेतृत्व परिवर्तनको बाहक बनोस् ।आँट गरौ अहिले नभए कहिल्यै हुने छैन । निला पोशाक लगाएर सडकमा छाति फुलाएर हिड्ने वातावरण बनोस् । नेतृत्वले सही दिशा निर्देश गरेमा कर्मचारीतन्त्र सुधार भई अपेक्षित परिवर्तन अवश्य हुनेछ । जय देश ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष