जेनजी आन्दोलनमा पूर्व मन्त्री र सांसदको घुसपैठ-पालिका तोडफोड, प्रमुख प्रशासकीय अधिकृत कुटिए

जेनजीको आन्दोलनको क्रममा प्रदेशका पूर्व मन्त्री र सांसद समेत घुसपैठ गरी गाउँ पालिकामा तोडफोड गरिएको र प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको भन्दै पालिकाले आपत्ति जनाएको छ ।
यसरी कुटपिट गर्नेमा प्रदेशका पूर्वमन्त्री र सांसद समेत मुछिएका छन् । जेनजी आन्दोलनको नाममा बाँकेको डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै पालिकाले आपत्ति जनाएको छ,गाउँपालिकाले । जेन–जीको नाममा आन्दोलन रोकिएपछि पनि रिसिइबी साधेर प्रदेशका पूर्वमन्त्री र सांसद समेतले गाउँपालिकामा पुगेर कर्मचारीमाथि कुटपिट गरेको पालिकाको आरोप छ ।

बिज्ञापन

गत भदौ २५ गते राति करिब साढे ८ बजे ८:१० जनाको समूहले कार्यालयमा तोडफोड गरी कागजातमा आगजनी गरेको र २६ गते अर्को समूह कार्यालयमा प्रवेश गरी अधिकृत पाण्डेयमाथि कुटपिट तथा दुर्व्यवहार गरिएको पालिकाले जनाएको छ । पूर्वप्रदेश मन्त्री तथा प्रदेशसभा सदस्य भण्डारीलाल यादव र पूर्वप्रदेश मन्त्री विजयबहादुर यादवको नेतृत्वमा करिब ३०/३२ जनाको समूहले कार्यालयमा प्रवेश गरी कुटपिट गरेको आरोप गाउँपालिकाले लगाएको छ।

बिज्ञापन

उक्त समूहले जबरजस्ती कार्यालयको भान्सा कोठामा प्रवेश गरी बोरीभित्रबाट मदिराका बोतल बाहिर ल्याएर सामाजिक सञ्जालमा फोटो र भिडिओ भाइरल बनाएको प्रतिसमेत पालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ’पालिकालाई अनावश्यक रूपमा बदनाम गरिएको छ । आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समूहले पालिकालाई बदनाम गर्ने गरी अतिरञ्जित कार्य गर्नु गलत हो ।’

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरू पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोदकुमार तिवारी, सगिर खाँ, वडा सदस्य राधेश्याम मौर्य लगायत कार्यपालिका सदस्यले विज्ञप्तिमार्फत जबरजस्ती कार्यालयमा ताला खोलेर अनावश्यक रूपमा बदनाम गर्ने नियतका साथ गरिएको भ्रामक प्रचारबाजीको विरोध गरेका छन्।

बिज्ञापन

जनप्रतिनिधि र कर्मचारीले सुरक्षाको माग गर्दै यथाशीघ्र दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष