त्रिपालमुनि सर्वाेच्चका दुइ अस्थायी इजलाश

जेनजी प्रदर्शनका क्रममा अराजक समूहले आगो लगाएपछि पूर्णरुपले ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा त्रिपाल टाँगेर दुई वटा अस्थायी इजलास तयार पारिएको छ ।

बिज्ञापन

‘जेनजी’को प्रदर्शनका क्रममा भदौ २४ गते तोडफोड र आगजनी गरिएपछि पहिलोपल्ट इजलास बसेको हो । हिजो त्रिपाल टाँगेर दुई वटा इजलाश तयार पारिएको थियो । आज सोही त्रिपालमुनि सर्वाेच्चको अस्थायी इजलाश बसेको हो । आज बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्न दुई इजलास बसेको छ । सर्वाेच्च अदालतमा आगजनी गरिएको नौ दिनपछि सर्वोच्च परिसरमै त्रिपालमुनि इजलास बसेको हो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको छुट्टा–छुट्टै इजलासमा हाल बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भइरहेको छ ।

बिज्ञापन

जेन जीको नाम बदनाम गर्दै घुसपैठियाहरुका कारण झण्डै २५ हजार मुद्दाका सबै कागजात खरानी भएको छ । सयौं सवारी साधन जलाइएका छन् भने केही सवारी साधन कम्प्युटर,ल्यापटप समेत चोरेर लगिएको छ । सो घटनाको ९ दिनपछि आज सर्वाेच्चको इजलाश बसेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२१ सहसचिवहरूको सरुवा

२१ सहसचिवको सरुवा : तीनलाई प्रदेशमा घुमाइँदा चार उक्लिए सिंहदरबार

राजदूत घिमिरेले दिए राजीनामा

बालेनविरुद्ध साइबर व्युरोमा जाहेरी,राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग

कर अधिकृतसहित २ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बेलायतबाट स्वदेश फिर्ता हुन लागे राजदूत घिमिरे

महाधिवेशन बिना चुनावमा जानु उचित होइन : मोहन आचार्य

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानीय तहबाटै पाइने

बिशेष