त्रिपालमुनि सर्वाेच्चका दुइ अस्थायी इजलाश

जेनजी प्रदर्शनका क्रममा अराजक समूहले आगो लगाएपछि पूर्णरुपले ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा त्रिपाल टाँगेर दुई वटा अस्थायी इजलास तयार पारिएको छ ।

बिज्ञापन

‘जेनजी’को प्रदर्शनका क्रममा भदौ २४ गते तोडफोड र आगजनी गरिएपछि पहिलोपल्ट इजलास बसेको हो । हिजो त्रिपाल टाँगेर दुई वटा इजलाश तयार पारिएको थियो । आज सोही त्रिपालमुनि सर्वाेच्चको अस्थायी इजलाश बसेको हो । आज बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्न दुई इजलास बसेको छ । सर्वाेच्च अदालतमा आगजनी गरिएको नौ दिनपछि सर्वोच्च परिसरमै त्रिपालमुनि इजलास बसेको हो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको छुट्टा–छुट्टै इजलासमा हाल बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भइरहेको छ ।

बिज्ञापन

जेन जीको नाम बदनाम गर्दै घुसपैठियाहरुका कारण झण्डै २५ हजार मुद्दाका सबै कागजात खरानी भएको छ । सयौं सवारी साधन जलाइएका छन् भने केही सवारी साधन कम्प्युटर,ल्यापटप समेत चोरेर लगिएको छ । सो घटनाको ९ दिनपछि आज सर्वाेच्चको इजलाश बसेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

बिशेष