कर्मचारीहरुले कासमू र सम्पत्ति विवरण फेरि भर्नुपर्ने

कर्मचारीहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम र सम्पत्ति विवरण फाराम फेरि भर्नु पर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण कतिपय कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम र सम्पत्ति विवरण जलेका कारण कासमू र सम्पत्ति विवरण फाराम पुनः भरी मूल्याङ्कन गर्ने प्रक्रियाअघि बढाउनु पर्ने भएको हो ।
गत मंगलबार बसेको सचिव बैठकले विभिन्न २१ निर्णयहरु गरेका थियो । जसमा बुँदा नम्बर १९ मा भनिएको छ,कार्यालयमा आगजनी भई कतिपय कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट भएको पाइएकोले निजामती सेवा ऐन र नियमावलीमा भएको प्रावधान बमोजिम पुनः कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने र मूल्याङ्कन गर्ने सम्बन्धमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक प्रकृया अगाडि बढाउने।सङ्कलित सम्पत्ति विवरण समेत जलेको अवस्थामा त्यस्तो विवरण सङ्कलन गर्ने निकायले पुनः सम्पत्ति विवरण भरी पेश गर्न सम्बन्धित व्यक्ति तथा पदाधिकारीहरूलाई जानकारी गराउने।

बिज्ञापन

यसअघि भरेको फारामहरू जलेपछि मुख्यसचिव र सचिवहरूको बैठकले निजामती सेवा ऐन तथा नियमावलीअनुसार ती फारामहरू पुनः भरी मूल्याङ्कन गर्ने प्रक्रियाअघि बढाउने निर्णयमा उल्लेख छ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगलागीमा नष्ट भएका मूल्याङ्कन फाराम पुनः भर्ने र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउनेछ। साथै, जलेर नष्ट भएका सम्पत्ति विवरणको हकमा सम्बन्धित निकायले पुनः सम्पत्ति विवरण भरी पेस गर्नुपर्ने निर्णय मंगलबारको उक्त बैठकले गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

बिशेष