कर्मचारीहरुले कासमू र सम्पत्ति विवरण फेरि भर्नुपर्ने

कर्मचारीहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम र सम्पत्ति विवरण फाराम फेरि भर्नु पर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण कतिपय कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम र सम्पत्ति विवरण जलेका कारण कासमू र सम्पत्ति विवरण फाराम पुनः भरी मूल्याङ्कन गर्ने प्रक्रियाअघि बढाउनु पर्ने भएको हो ।
गत मंगलबार बसेको सचिव बैठकले विभिन्न २१ निर्णयहरु गरेका थियो । जसमा बुँदा नम्बर १९ मा भनिएको छ,कार्यालयमा आगजनी भई कतिपय कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट भएको पाइएकोले निजामती सेवा ऐन र नियमावलीमा भएको प्रावधान बमोजिम पुनः कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने र मूल्याङ्कन गर्ने सम्बन्धमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक प्रकृया अगाडि बढाउने।सङ्कलित सम्पत्ति विवरण समेत जलेको अवस्थामा त्यस्तो विवरण सङ्कलन गर्ने निकायले पुनः सम्पत्ति विवरण भरी पेश गर्न सम्बन्धित व्यक्ति तथा पदाधिकारीहरूलाई जानकारी गराउने।

बिज्ञापन

यसअघि भरेको फारामहरू जलेपछि मुख्यसचिव र सचिवहरूको बैठकले निजामती सेवा ऐन तथा नियमावलीअनुसार ती फारामहरू पुनः भरी मूल्याङ्कन गर्ने प्रक्रियाअघि बढाउने निर्णयमा उल्लेख छ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगलागीमा नष्ट भएका मूल्याङ्कन फाराम पुनः भर्ने र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउनेछ। साथै, जलेर नष्ट भएका सम्पत्ति विवरणको हकमा सम्बन्धित निकायले पुनः सम्पत्ति विवरण भरी पेस गर्नुपर्ने निर्णय मंगलबारको उक्त बैठकले गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष