सडकबाट हट्यो सेना,निषेधाज्ञाबारे छलफलमा जुटे सिडियो

काठमाडौँ उपत्यकाका सडकबाट सेना हटेको छ । गत २३ र २४ मा जेनजीको प्रदर्शनको क्रममा तोडफोड,लुटपाट मच्चिएसँगै काठमाडौं,ललितपुर,भक्तपुरमा सेना नै परिचालन भएका थिए भने ती जिल्लामा कर्फयू र निषेधाज्ञा जारी भएको थियो ।
हिजो बेलुका नै नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै काठमाडौँका सडकमा तैनाथ सेना हटेका छन् ।

बिज्ञापन

सेनाले विगत ४ दिनदेखि दैनिक निषेधाज्ञा र कर्फ्यू आदेशसम्बन्धी सूचना जारी गर्ने गरेकोमा शनिबार बिहान ६ बजेदेखि नै कर्फ्यू र निषेधाज्ञा हटेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए ।
यसैबीच अहिले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओहरुको बैठक बस्न लागेको हो ।

बिज्ञापन

जारी निषेधाज्ञा खुकुलो बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दिँउसोको निषेधाज्ञा हटाए पनि रातको समयमा के गर्ने भन्नेबारे निर्णय गर्न सुरक्षा समितिको बैठक बोलाइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

बिशेष