८६ हजार निजामतीमा कोही भेटिएनन् पुरस्कार पाउन योग्य कर्मचारी

कर्मचारीहरुले यस बर्षको निजामती दिवस निकै खल्लो महसुस गरेका छन् । निजामती सेवा दिवस मूल समारोह समितिले राजधानीको भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा औपचारिक कार्यक्रम राखेको थियो । तर सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली विधान महाधिवेशनका कारण सहभागी भएनन् । प्रधानमन्त्री सहभागी नभए पनि कर्मचारीहरु सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती पुरस्कार पाउने कर्मचारीको नाम घोषणा हुने अपेक्षामा थिए तर ती नाम पनि घोषणा भएनन् । बरु मुख्य सचिव एकनारायण अर्यालले यस बर्ष पुरस्कार पाउने कर्मचारीको नाम छिट्टै घोषणा हुने जनाए ।

बिज्ञापन

सरकारले ८६ हजार बढी कर्मचारीको भीडमा यस बर्ष पुरस्कार पाउन लायक कर्मचारी एउटै नभेटेकै हो ? निजामती सेवा दिवसकै अवसरमा हरेक बर्ष उत्कृष्ट १० र निजामती पुरस्कार प्राप्त गर्ने लायक ३० जना कर्मचारीको नाम घोषणा हुँदै आएको थियो । उनीहरुलाई सम्मानित र पुरस्कृत गरिँदै आएको थियो । भलै विगतका आठ बर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेट्न छाडेकै थियो तर यस बर्ष सर्वोष्कृष्ट मात्र होइन,उत्कृष्ट १० र निजामती पुरस्कार प्राप्त गर्ने लायक ३० कर्मचारी फेला पार्न सकेन ।

बिज्ञापन

सरकारले हरेक बर्ष निजामती सेवा दिवसको अवसरमा एक जनालाई सर्वोत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कार दिने गर्दथ्यो । वर्षभरमा राम्रो काम गरेका कर्मचारीहरुको मूल्याङ्कनको आधारमा कर्मचारीहरु छनौट गरिन्थ्यो ।

सर्वोत्कृष्ट कर्मचारी पुरस्कार थाप्नका लागि निजामती सेवाको स्थायी पदमा पन्ध्र वर्ष वा सो भन्दा बढी अवधि सेवा गरे,पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको,– पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको,पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रुपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको,पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको लगायतका प्रावधानहरु राखिएका छन्।

बिज्ञापन

निजामती सेवाको स्थायी पदमा दश वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको,पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको,पछिल्लो दश वर्षमा कुनै पनि विभागीय सजाय नपाएको,पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको,– सम्पत्ति विवरण नियमित रुपमा पेस गरेको,असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको,पुरस्कारको लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको र पछिल्लो तीन वर्षभित्र गयल कट्टीमा नपरेको हुनुपर्ने व्यवस्था राखिएको छ भने निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा पाँच वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको,पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको लगायतका प्रावधान राखिएको छ ।

यसरी पुरस्कार प्रदान गर्नकै लागि सरकारले हरेक मन्त्रालयसँग योग्य कर्मचारीको नाम सिफारिस गर्न पनि भनेको थियो । पुरस्कार सिफारिस गर्नका लागि मुख्यसचिवको संयोजकत्वमा पुरस्कार सिफारिस समिति बनेको छ । जहाँ कानुन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयका सचिवसँगै पूर्व मुख्यसचिव सदस्य रहेका थिए ।

समितिमाझ भौतिक मन्त्रालयबाट १४,अर्थ मन्त्रालयबाट ११ कर्मचारीको नाम सिफारिस समितिमा पुगेको थियो । हरेक मन्त्रालयबाट यसैगरी कर्मचारीको नाम सिफारिस भएको भए पनि यस पटक सिफारिस समितिले सो नाम मन्त्रिपरिषद्बाट पारित गराउन नसक्दा छनौटमा परेका कर्मचारीहरुको नाम सार्वजनिक गर्न नसकिएको स्रोतले जनाएको छ ।
यस अघिका हरेक बर्षमा पुरस्कार पाउने कर्मचारीको नाम गोरखापत्र दैनिकमा छापिन्थ्यो । तर यसपटक त्यो नामावली सार्वजनिक भएको छैन । मुख्य सचिव एकनारायण अर्यालले विगतको वर्षजस्तै यस वर्ष पनि पुरस्कार पाउनेहरुको नामावली छिट्टै घोषणा गर्ने बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले पनि यस वर्ष पुरस्कार घोषणा नगरिएको बताए । तर त्यसको कारण खुलाउन भने उनले चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

बिशेष