‘व्यवसायिक र तटस्थ निजामती- प्रभावकारी शासन प्रणाली’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कुनै पनि राष्ट्रको शासन प्रभावकारी बन्न व्यवसायिक र तटस्थ निजामती सेवा आवश्यक रहेको बताएकी छिन् ।

बिज्ञापन

२२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा सम्पूर्ण मन्त्री न्यौपानेले व्यसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने बताएकी हुन । निजामती सेवाले सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका अतिरिक्त यसको कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने बताएकी छिन् ।

बिज्ञापन

विश्व तीव्र गतिमा रूपान्तरण भइरहेको डिजिटल यूगमा प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा, र नवप्रवर्तनशील उपायहरूको उपयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताउँदै उनले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य रहेको उल्लेख गर्र्दै मन्त्री न्यौपानेले निजामती सेवामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाई र सुधार मार्फत हामीले नागरिकको विश्वास आर्जन गर्न सक्ने बताएकी हुन ।

राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्नेछ भन्ने विश्वास गर्दै शुभकामना व्यक्त गरेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरुवा भएको निकायमा जान अटेर गर्दै कर्मचारीहरू

गाउँपालिकाका १७ प्रमुख प्रशासकीय अधिकृतसहित २८ कर्मचारीको सरुवा

संघीय मामिला मन्त्रालयले ४४ उपसचिवको सरुवा

चाडपर्वमा सहज आपूर्ति सुनिश्चित गर्न मुख्यसचिवको निर्देशन

‘ढड्डा र अड्डामुखि निजामती सेवा अब डिजिटलाइजेसन युगमा’ -मुख्य सचिव अर्याल

कर्मचारीको माग र भावना समेट्दै छिट्टै निजामती विद्येयक पारित हुन्छ : उपप्रधानमन्त्री सिंह

८६ हजार निजामतीमा कोही भेटिएनन् पुरस्कार पाउन योग्य कर्मचारी

यस बर्षको निजामती पुरस्कार पाउने कर्मचारीको नाम किन गुपचुप ?

बिशेष