महिला कर्मचारीको टिम बनाउँदै मन्त्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले धमाधम महिला टिम बनाउँदै छिन् ।

बिज्ञापन

सोही योजना अनुसार मन्त्री न्यौपानेले हालैमात्र दुई जना महिला सहसचिवलाई सामान्यमा भित्र्याएकी छिन् । गत २६ को मन्त्रिपरिषद्को निर्णय अनुसार एकै पटक ७२ जना सहसचिवहरुको सरुवा भएको थियो ।

बिज्ञापन

७२ सहसचिवको सरुवा हुँदा प्रशासन सेवाका ४७ ,इञ्जिनियरिङ सेवातर्फका १३,शिक्षा सेवा १,स्वास्थ्य सेवाका २ र वन तथा कृषि सेवाका कर्मचारीहरु रहेका थिए । तीमध्ये कर्मचारी संकेत नम्बर १८४५५७ रहेको नीता पोखरेललाई निर्वाचन आयोगबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, मध्यमस्तरीय करदाता कार्यालयबाट पार्वती शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा खटाइएको थियो ।

तर साउन २६ मा भएको सहसचिवद्धय नीता र पार्वतीको सरुवा दुई सातामै बदर गरेर सामान्यमा लगिएको छ । भदौं १३ मा बसेको क्याविनेट बैठकले सामान्य प्रशासनबाट दिवस आचार्यलाई स्वास्थ्य मन्त्रालयमा पठाएर यस अघि स्वास्थ्यमा सरुवा भएकी नीता पोखरेललाई सामान्यमा भित्र्याइएको छ भने अवधि नपुग्दै सरुवामा परेकी पार्वती शर्मालाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा भएको सरुवा बदर गराएर सामान्य प्रशासनमा लगिएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १ सचिव,६ सहसचिव,२२ उपसचिवसहित १४८ कर्मचारीको दरबन्दी रहेको छ । मन्त्री न्यौपानेले ६ वटा महाशाखामध्ये ३ वटा शाखाको प्रमुख महिला सहसचिवहरुलाई जिम्मेवारी दिएकी छिन् ।सोमध्ये अहिले संघीय मामिला महाशाखा हेर्दै आएका छन्,प्रकाश दाहाल,कर्मचारी प्रशासनमा लगिएका छन् पिताम्बर घिमिरे,योजना तथा विकास सहायता महाशाखामा सारिएका कालीप्रसाद पराजुली,क्षमता विकास महाशाखा हेर्दै आएका छन् रुद्रमान सिंह तमाङ,प्रशासन सुधार महाशाखा हेरिरहेकी छिन् मीरा आचार्य कार्यरत रहेका छन् । हालैमात्र दिवस आचार्यलाई स्वास्थ्यमा पठाएर त्यहाँ नीता अधिकारीलाई भित्र्याइएको छ । उनी पूर्व सचिव लक्ष्मण अर्यालको पत्नी हुन ।यस अघि भारतको नयाँदिल्लीस्थित नेपाली आवासीय दूतावासको ‘इकोनोमिक मिनिस्टर’ बनेकी सम्भवत पहिलो महिला इकोनोमिक मिनिष्टर हुन । उनीझैं बागमती प्रदेशमा सरूवा भएकी पार्वती शर्माले पनि दुई सातामै सरुवा उल्टाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छिरेकी छिन् ।

पार्वतीलाई मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा लैजाने तयारी भइरहेको छ । मन्त्रालयको प्रशासन सुधार महाशाखा सहसचिव मिरा आचार्य छिन्। सामान्य प्रशासनमा मिरा मात्र एक्ली महिला महाशाखा प्रमुख थिइन्।

मन्त्री न्यौपानेले वर्तमान सचिव रविलाल पन्थलाई हटाएर त्यहाँ महिला सचिव नै ल्याउन बल गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

नवलपरासी प्रशासनले रोक्यो रवि लामिछानेको चुनावी कार्यक्रम

अदालतको आदेश अटेर गर्ने मालपोत प्रमुखलाई जेल सजाय

क्रोनी क्यापिटलिज्म

बिशेष