प्रदेशका ६९ कर्मचारीको सरुवा

कर्णालीको सामाजिक विकास मन्त्रालयले विभिन्न सेवा समूहका ६९ जना कर्मचारीको सरुवा गरेको छ । आइतबार गरिएको निर्णय अनुसार स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारीहरू यस सरुवाबाट बढी प्रभावित भएका छन् ।

बिज्ञापन

सरुवा सूची अनुसार प्रदेशभित्रका विभिन्न जिल्ला तथा कार्यालयहरूमा कार्यरत वरिष्ठ शिक्षा अधिकृत, मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, नर्सिङ अधिकृत, स्वास्थ्य सहायक, फर्मासिस्ट, रेडियोग्राफर, ल्याब टेक्निसियन, आयुर्वेद कविराज लगायत पदहरूमा कार्यरत कर्मचारीहरूलाई एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गरिएको छ ।

बिज्ञापन

खिमप्रसाद ढकाल, तुलाराज चौलागाईं र भीमप्रसाद पोखरेल जस्ता वरिष्ठ शिक्षा अधिकृतहरूलाई क्रमशः शिक्षा विकास निर्देशनालय सुर्खेत, सामाजिक विकास कार्यालय रुकुमपश्चिम र मानव संशाधन विकास केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।

धेरै स्वास्थ्यकर्मीलाई जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयहरू कालीकोट, रुकुम पश्चिम, जाजरकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख, सल्यानबाट प्रदेश अस्पताल, सुर्खेतमा सरुवा गरिएको छ । डा। महेश चौलागाईं र भीष्मप्रसाद पोखरेल जस्ता मेडिकल अधिकृतहरूलाई प्रदेश अस्पताल, सुर्खेतमा सरुवा गरिएको छ ।

बिज्ञापन

यस्तै, टीकाराम जैसी, जनस्वास्थ्य अधिकृत सातौँ, हाल स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतमा कामकाज गरिरहेकालाई प्रदेश अस्पताल, सुर्खेतमा सरुवा गरिएको छ र उनको कैफियतमा ‘फाजिल व्यवस्थापन’ उल्लेख छ ।

केही नर्सिङ स्टाफहरूलाई पनि विभिन्न जिल्लाका स्वास्थ्य सेवा कार्यालयहरूबाट प्रदेश अस्पताल, सुर्खेत र अन्य जिल्लाका कार्यालयहरूमा सरुवा गरिएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष