बागमती प्रदेशमा सचिवहरूको हेरफेर : ६ जना सचिव सरुवा र पदस्थापन

बागमती प्रदेश सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत ६ जना प्रदेश सचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ।

बिज्ञापन

बैठकले हालै सङ्घीय सरकारबाट बागमती प्रदेशमा सरुवा भएर आएका ३ जना सचिवलाई पदस्थापन गरेको छ भने प्रदेशमै कार्यरत ३ सचिवलाई मन्त्रालय फेरबदल गरी सरुवा गरेको हो।

बिज्ञापन

नयाँ जिम्मेवारीअनुसार —ईश्वरचन्द्र मरहठ्ठा भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा,इन्द्रदेव भट्ट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयमा,बलराम ढकाल श्रम तथा यातायात मन्त्रालयमा पदस्थापित भएका छन्।

यस्तै, प्रदेशमै कार्यरत सचिवहरूलाई यसरी सारिएको छः

बिज्ञापन

झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा,वीरेन्द्रदेव भारतीलाई युवा तथा खेलकुद मन्त्रालयमा,पूर्णबहादुर दर्जीलाई सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी दिइएको छ।

यसअघि अधिकारी युवा तथा खेलकुद मन्त्रालयमा, भारती श्रम रोजगार तथा यातायात मन्त्रालयमा र दर्जी सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए।

मन्त्रिपरिषद्को बैठकले यससँगै अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ। प्रदेश आर्थिक ऐनअनुसार प्रदेश सरकार मातहतका करार र अस्थायी कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ, ‘मलाई जानकारी छैन’ भन्ने जवाफ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

बिशेष