९ उपसचिवको सरुवा,तीन कार्यालय प्रमुख हेरफेर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका ९ उपसचिवको सरुवा भएका छन् । राजश्व अनुसन्धान विभाग,सम्पत्ति शुद्धीकरण विभाग लगायतका निकायमा कार्यरत रहेका उपसचिवहरुलाई हेरफेर गरिँदा तीन कार्यालय प्रमुख (उपससचिव)हरु परिवर्तन भएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालय मातहतका राजश्व अनुसन्धान विभाग मातहतका तीन वटा कार्यालयहरु बुटवल, कोहलपुर र इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुख (उपसचिव)हरु सरुवा गरिएको हो भने ती ठाउँमा नयाँ उपसचिवहरु खटाइएको छ ।
जस अनुसार कोहलपुर कार्यालयबाट उमेश राज रिमाललाई विभागमा फिर्ता ल्याइएको छ भने त्यहाँ उपसचिव कृष्ण प्रसाद शर्मालाई खटाइएको छ । यस्तै बुटवलका प्रमुख विवेक घिमिरेलाई राजश्व अनुसन्धान विभागमा फिर्ता बोलाएर त्यहाँ उपसचिव सुवास श्रेष्ठलाई खटाइएको छ ।

बिज्ञापन

यस्तै राजश्व अनुसन्धान कार्यालय, इटहरीका उत्तम कुमार घिमिरेलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा तानेर त्यहाँ राजश्व अनुसन्धान विभागबाट अर्जुन राईलाई खटाइएको छ।

त्यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका मनोज रेग्मीलाई राजश्व अनुसन्धान विभागमा, विभागका नवराज अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र पर्वत गिरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रशासन शाखामा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

बिशेष