ओली क्याविनेटका २२ मन्त्रीमध्ये कार्यसम्पादनमा गृहमन्त्री अब्बल

प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका २१ मन्त्रीहरुमध्ये गृह मन्त्री रमेश लेखक उत्कृष्ट दह्रिएका छन् । नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा अन्य मन्त्रालयलाई पछाडि पार्दै गृह मन्त्रालय पहिलो भएको छ ।

बिज्ञापन

०८१ असार ३१ गते गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका रमेश लेखकले कार्यसम्पादनमा आफूलाई अब्बल सावित गर्दै ८८ प्रतिशत प्रगति हासिल गरेको हुन ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/ ०८२ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये ८८ प्रतिशत माइलस्टोन सम्पन्न गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले शासकीय सुधारतर्फ १०६ माइलस्टोनमध्ये ९३ वटा सम्पन्न हुनुका साथै १३ वटा चालू आर्थिक वर्षमा जारी रहेको बताएको छ ।

मन्त्रालयको नीतिगत र कानूनी सुधार, व्यवस्था विरोधी गतिविधि निस्तेज, अपराध अनुसन्धान तथा फैसला कार्यान्वयन, प्रहरीमा सेवा प्रवाहका लागि डेस्क र महाशाखा गठन तथा लागूऔषध विरुद्ध महाअभियान सञ्चालन, विपद् व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, राजश्व चुहावट र सीमापार अपराध नियन्त्रण, सेवा प्रवाह र परिचयपत्र व्यवस्थापन, अध्यागमनको सुधारको पहल र निःशुल्क हेलि उद्धारलाई प्राथमिकतासाथ काम गरेका थिए ।

बिज्ञापन

दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ८५ प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा सम्पन्न माइलस्टोनको मन्त्रालयगत स्थिति हेर्दा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७८ प्रतिशत प्रगति गरेको छ ।

यस्तै, माइलस्टोनको निकायगत प्रगति प्रवृत्ति आर्थिक क्षेत्रमा अर्थ मन्त्रालयको ५७, कृषिको ७४, उद्योगको ५६, पर्यटनको ७७, वनको ७२ र भूमिको ७८ प्रतिशत रहेको छ । यता, पूर्वाधारको क्षेत्रतर्फको माइलस्टोनमा भौतिक पूर्वाधार मन्त्रालयले ३६, ऊर्जा मन्त्रालयले ५६, शहरी विकास मन्त्रालयले ४५, खानेपानी मन्त्रालयले ७२, सञ्चार मन्त्रालयले ६५ प्रतिशत नतिजा निकालेको सो रिर्पोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

१४ सहसचिव र उपसचिवको सरुवा

बिशेष