प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,इन्जिनियर,लेखापाल,योजना शाखा प्रमुख,वडा अध्यक्षसहित १२ विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ ।
मुगुको सोरु गाउँपालिकामा सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको उजुरीका आधारमा आयोगले अनुसन्धान गर्दा अनियमितता भएको भेटिएसँगै अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार र योजना सम्झौता बमोजिम जनश्रमदान ३ लाख ७३ हजार ४३९ रुपैयाँ गरी कुल लागत अनुमान ४० लाख १३ हजार ४३९ रुपैयाँमा कार्य सम्पन्न गर्ने गरी उपभोक्ता समिति र गाउँपालिका बीच सहमति भएको भए पनि काम नै नगरी वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य भएको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरे गराएको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

मुद्दा चलाइएकामध्ये इन्जिनियर, सबइन्जिनियर, लेखापाल, योजना शाखा प्रमुख, वडा अध्यक्ष, अनुगमन समिति र उपभोक्ता समिति सदस्य तथा सचिवहरू रहेका छन् ।

आयोगले मल्लसहित इन्जिनियर प्रकाश आचार्य, सबइन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नवीन बुमी,जवलधार पीसीसी सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छत्याल, सह–संयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही र सचिव मुकुन्दे दमाईंलाई पनि प्रतिवादी बनाएको छ ।

बिज्ञापन

यस्तै, गाउँपालिका कार्यपालिका सदस्य एवं जवलधारा पीसीसी सडक निर्माण अनुगमन समिति संयोजक दलवीर सार्की, समिति सदस्य पुने शाही र सोरु गाउँपालिका वडा नम्बर १ का तत्कालीन वडा अध्यक्ष मिसिन्द्र शाहीलाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिए

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा जवलधारा पीसीसी सडक निर्माणका क्रममा सात लाख छ हजार ७९९ रुपैयाँ हिनामिना गरिएको दाबी छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम कैद र जरिवाना सजाय माग गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष