सरकार प्रमुखकै कार्यालयमा विकृती : मनमौजी खरिद,भुक्तानीमा आलटाल

सरकारी कार्यालयका उच्चपदस्थ कर्मचारीहरूले आफूखुशी करोडौँका जिन्सी समान कसरी किन्छन् र कसरी दुरुपयोग गर्दछन् भन्ने रोचक तथ्य सार्वजनिक भएको छ ।
सरकारी कार्यालयका केही बदमास कर्मचारीहरुले चाहिने नचाहिने सामान कसरी खरिद र भुक्तानी गर्दछन्,कमिसन तथा भागबण्डा नमिल्दा कसरी भुक्तानी रोक्छन् भन्ने उदाहरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा देखिएको छ । कस्तोसम्म भने त्यहीँ कार्यालयले एकै दिन १८ सय वटा खाना मगाउँछ ? कस्का लागि र किन मगाइन्छ ? १८ सय वटा खाना ? कार्यालयको कम्प्युटर निकालेर घर लैजानेदेखि क्यान्टिनबाट खाना मगाएर बिल चढाउनेसम्मका बेथिति सो कार्यालयमा भेटिएपछि यस अघि छानबिन समिति नै बनाएर अनुसन्धान समेत गरिएको थियो ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा सम्वद्ध स्रोतका अनुसार २६ लाख बढी खानाको बिल अझैं भुक्तानी हुन सकेको छैन । यस अघि एकै दिन १८ सय वटा खाना मगाएको फेला परेपछि लेखाले छानविन समिति नै बनाएर यसमाथि अनुसन्धानसमेत गरेको कर्मचारीहरुले बिर्सिएका छैनन् । तर दुई प्रधानमन्त्रीको सचिवालयको तुलनात्मक हिसाब सार्वजनिक गर्ने प्रधानमन्त्री कार्यालयले यस्ता बदमासी,त्यसपछि बनेका समितिको प्रतिवेदनहरु लुकाउँदै आएको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयबाट दर्जनौं कम्युटर,गाडी र करोडौंको अन्य जिन्सी सामान हराएको वर्षौं बितिसक्दा पनि जिन्सी शाखा (स्टोर किपर) ले हिसाब बुझाउन सकेको छैन । प्रम कार्यालयको प्रभाव र पहुँचको दुरूपयोग गर्दै अनावश्यक दायित्व सृजना गर्ने र रकम भुक्तानी रोक्ने खेलमा त्यहाँका ठूला कर्मचारी नै संलग्न रहेको बताइन्छ । हाल मालपोत कार्यालयमा सरुवा भएर पुगेका एक कर्मचारी यस्का मुख्य खेलाडी हुन् भनिन्छ । प्रम कार्यालयमा हुँदा पासपोर्ट काण्ड लागेका उनैको योजनामा बेथितिको खेति मौलाएको प्रधानमन्त्री कार्यालयका कतिपय उपसचिवहरु बताउँछन् ।

मुलुककै कार्यकारी प्रमुखको अड्डामा यतिसम्म मनलाग्दी छ कि इमान्दार लेखा अधिकृत त्यहाँ टिक्नै सक्दैनन् । २०८१ जेठमा थमनारायण शर्मा लेखा अधिकृत भएर गए । त्यसअघिका उपसचिव मुरारी निरौलालाई यस्तो हत्तुहैरान बनाइएछ कि उनले नसकेपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डको विशेष आग्रहमा अर्काे उपसचिवलाई लगिएको थियो ।

बिज्ञापन

त्यही वर्ष असार मसान्तमा हिसाब फस्र्याेट गरिसकेपछि स्टोरकिपर सुरज महर्जनले १० लाखको स्टेसनरी बिल भुक्तानीका लागि पेश गरे । प्रक्रिया मिचेर खरिद गरिएको आशंकामा उपसचिवले भुक्तानी दिएनन् । प्रधानमन्त्री कार्यालय भएकाले जे पनि चल्छ भन्ने प्रवृत्तिको यस्ता नमूना त्यहाँ धेरै देऋन पाइन्छ । उसो त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा आर्थिक वर्ष ०७९÷८० मा कार्यालयका अधिकारप्राप्त अधिकारीहरूले मगाएर प्रयोग गरेका सामग्री र सेवाबापतको १ करोड ५२ लाख ४ हजार ४ सय रूपैयाँका सामाग्री र सेवावापतको रकम दुई दर्जन बढी फर्म र सप्लायर्सको रुवावासी गर्दै हिड्नु परेको छ ।

नेपाल सरकार त्यसमा पनि प्रधानमन्त्री कार्यालयको प्रभाव र अधिकारको प्रयोग गरी करोडौंको सामान कार्यालयकै नाममा माग स्वीकृत गरी मगाउने, प्रयोग गर्ने र पैसा नतिर्ने गरिएको भेटिन्छ । प्रम तथा मन्त्रिपरिषद्को कार्यालयको खरिद आदेशसहित दुई दर्जनभन्दा बढी फर्म र सप्लायर्सले खरिद गरी उपलब्ध गराएका सामान प्रयोग गर्ने तर अनेक बहानामा रकम उपलब्ध नगराउनेहरू सोही कार्यालयका उच्चपदस्थ कर्मचारीहरू रहेका छन् ।

अधिकारीहरुका अनुसार,आर्थिक कारोबारको कुरो सोही आर्थिक वर्षमा टुंग्याउनुपर्छ, नभए त्यसको निश्चित प्रक्रिया पूरा गरेर राख्नुपर्छ । मलेफा नम्बर कति भनी प्रमाणित गरेर राख्नुपर्छ । यसो गरिएको भएमा मात्र पछिकाले भुक्तानी दिन मिल्ने हो । प्रक्रिया पूरा गरेन, त्यत्तिकै छाडिदियो भने भुक्तानी दिन मिल्दैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष