स्थानीय तहका १६८ कर्मचारी पाँचौं तहमा बढुवा

कोशी प्रदेशका १६८ जना कर्मचारीहरु पाँचौं तहमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत रहेका ती कर्मचारीहरु जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा पाँचौं तहमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

चौध वटा जिल्ला सो प्रदेशमा एक महानगरपालिका,दुई उपमहानगरपालिका, नगरपालिका ४६ र गाउँपालिका ८८ वटा गरी १३७ वटा स्थानीय तह छन् । यिनै स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरु पाँचौ तहमा बढुवा भएका हुन । प्रदेश लोक सेवा आयोग बढुवा सूचना अनुसार स्थानीय सरकारी सेवाको रिक्त हुन पुगेका पाँचौं तहको स्थानीय प्रशासन सेवा,सामान्य प्रशासन समूहका ती कर्मचारीहरुको बढुवा गरिएको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कोशी प्रदेशले जनाएको छ ।

बिज्ञापन

प्रदेश लोकसेवा आयोगको बढुवा सूचना बमोजिम स्थानीय सरकारी सेवाको रिक्त हुन पुगेको पाँचौं तहमा जेष्ठता र कार्यसम्पादन मुल्यांकनद्धारा हुने बढुवाका लागि प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत रहेका १६८ कर्मचारीहरुलाई स्थानीय तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको जनाइएको छ ।

यसरी बढुवा सिफारिस भएकामा सिदिङ्वा गाउँपालिकाका तोयानाथ रिमाल,भद्रपुर नगरपालिकामा युवराज राई,फुङलिङ नगरपालिकामा विपना सेन्दाङ,फिदिम नगरपालिकामा धजेन्द्र राई,रोङ गापामा देवी प्रसाद चापागाई,पाथिभरा याङवरक गापामा श्रृजना गौतम, फिदिम नगरपालिका इन्द्रकुमारीस् वाइवा,सोलुदूधकुण्ड नपा गायत्रा शर्मा,एसेलुखर्कमा पुण्य प्रसाद रिमाल,हलेसी तुवाचुङ सन्जिप खनाल लगायत रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष