मेयरविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले १ लाख घुससहित पक्राउ परेका सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

बिज्ञापन

उनले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको काम सकेपछि भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए।आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले मेयर साहलाई सेवाग्राहीबाट एक लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले गत असारमा उनलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

मेयर साहले घुस मागेको  पुष्टि भएपछि शुक्रबार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख रुपैयाँ कायम गरी, सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार कैद सजाय र दफा ३ को उपदफा (१) अनुसार बिगो बराबरको जरिवाना माग दाबी गर्दै आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

साह नेकपा (एमाले)बाट निर्वाचित मेयर हुन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष