लेखापालदेखि लेखा नियन्त्रकसम्मको गुपचुप सरुवा,आर्थिक चलखेलको आंशका

महालेखा नियन्त्रकको कार्यालयले पछिल्लो  समय गुपचुप र अपारदर्शी ढंगबाट कर्मचारी सरुवा गरिरहेको छ । नियम अनुसार असोजमा मात्र महालेखाले आफ्ना कर्मचारीहरुको खटन पटन गर्दै आएको छ । कतिपय अवस्थामा सरुवाको सूची निस्कन कार्तिक कुर्नुपर्दछ । नियमित रुपमा लट सरुवा असोज १५ भित्रै गर्नुपर्ने व्यवस्था छ तर समय अगावै  आर्थिक बर्ष लाग्ने वित्तिकै केही उपसचिव,लेखा अधिकृत र लेखापालको सरुवा गरिएको छ,महालेखाले ।

बिज्ञापन

महालेखाले उपसचिव सरहका प्रमुख लेखा नियन्त्रक, प्रमुख कोष नियन्त्रक, शाखा अधिकृत सरहका लेखा अधिकृत तथा कोष अधिकृत तथा नायब सुब्बा कर्मचारीहरुको सरुवा गर्दै आएको छ । प्रशासन समुह भित्रका सामान्य प्रशासन, लेखा र राजस्व कर्मचारीमध्ये लेखा समूहका कर्मचारीहरूको सरुवा तथा खटन पटन महालेखा नियन्त्रकको कार्यालयले गर्दै आएको छ।
नियमित सरुवा  असोज पछि मात्र हुँदै आएको भए पनि अहिले  महालेखाले ३ उपसचिव,एक दर्जन लेखा अधिकृत र एक दर्जन लेखापालको गुपचुप सरुवा गरेको हो ।
यस अघि विनोदप्रकाश सिंह महालेखा नियन्त्रक हुँदा पारदर्शिता कायम गर्दै सरूवाको सूचना वेबसाइटमै सार्वजनिक गर्दै आएकामा उनी पछि सरुवाको सूची समेत गुपचुप राख्न थालिएको छ । सोही कारण गुपचुप गरिएको सरुवाले महालेखा विवादमा तानिएको छ ।

बिज्ञापन

महालेखाले गुपचुप रुपमा दुई उपसचिव हेरफेर गरेको छ । हालैमात्र उपसचिव रामचन्द्र शर्मालाई सडक विभागमा खटाएको छ । सडक विभागमा कार्यरत रविन कोइराला मलेनिकामा सरुवा भएको महालेखा नियन्त्रक स्रोतले जनाएको छ । यस अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलका निजी सचिव मधुसुधन पौडेल गुपचुप परराष्ट्रमा खटाइएको थियो ।

सरुवासम्बन्धी कार्यविधि विपरित कर्मचारीको खटन पटन भएको भन्दै अहिले लेखाका कर्मचारीहरु फायर भएका छन् । लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१ ले (क) वर्गका कार्यालयबाट (क) वर्गका कार्यालयमै सरूवा नहुने स्पष्ट व्यवस्था गरेको छ। तर, तरमारा र माथिसम्म च्यानल भएका कर्मचारीहरु मापदण्ड उल्लंघन गरेर सरुवा भइरहेका छन् ।

बिज्ञापन

महालेखाले उपसचिव तहका तीन,एक दर्जन बढी लेखा अधिकृत र उति नै संख्यामा लेखापालहरुको गुपचुप सरुवा गरेको छ । न त सरुवाका लागि सामान्यसँग सहमति लिएको छ । न त सूची नै सार्वजनिक गरिएको छ । यसरी गरिएको सरुवामा ठूलो आर्थिक चलखेल भएको कर्मचारीहरु बताउँछन् ।

देशभरका सबै संघीय कार्यालय तथा ८१ ठाउँमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा करिब ३ हजार बढी लेखा समूहका कर्मचारी कार्यरत छन्। अर्थसम्बन्धी हिसाब किताब राख्ने र जाँच्ने काम गर्दै आएको सो कार्यालयका जिम्मेवारी पाएका लेखाका कर्मचारीहरुलाई हिसाब भिडान नमिलाई सरुवा गरिँदा पछि समस्या आउने भएका कारण कतिपय अवस्थामा असोजमा समेत नियमित सरुवा नभइरहेको अबस्थामा हठात एक दर्जन लेखा अधिकृत र लेखापाल चलाइँदा आर्थिक चलखेल भएको आंशका गर्दछन्,कर्मचारीहरु नै ।

यसरी सरुवा गरिँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति समेत नलिइएको पाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको हवाई सुरक्षा र युरोपियन युनियनको प्रतिबन्ध

अध्यादेशबाटै निजामती सेवा ऐन ल्याउने तयारी,ठूलो संरचनागत हेरफेरको प्रस्तावले कर्मचारीभित्र हलचल

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

बिशेष