सरुवा हुन चाहने कर्मचारीले साउन मसान्तभित्रै आवेदन दिनुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अर्थिक बर्षमा सरुवा हुन चाहने कर्मचारीलाई श्रावण मसान्तभित्रै आवेदन पेश गर्न भनेको छ ।

बिज्ञापन

मन्त्रालयले प्रत्येक बर्ष भदौं १ देखि भदौं मसान्तसम्म कर्मचारीहरु सरुवा गरिने व्यवस्था रहेको उल्लेख गर्दै सरुवा व्यवस्थापनका लागि सरुवा हुन इच्छुक कर्मचारीहरुले साउन मसान्तभित्र आवेदन पेश गर्न सबै मन्त्रालय,आयोग,सचिवालय,निकायका निजामती कर्मचारीहरुलाई
कार्यविधि सहितको निर्देशन जारी गरेको हो ।

बिज्ञापन

मन्त्रालयको सचिव स्तरीय बैठकको निर्णय अनुसार अब सरुवाको लागि इच्छुक निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण सात दिनभित्र अद्यावधिक गरी सरुवा निवेदन पेश गर्नु पर्ने भएको छ ।

बिज्ञापन

मन्त्रालयका शाखा अधिकृत सुदिप सापकोटाको हस्ताक्षरीत परिपत्रमा भनिएको छ, निजामती सेवा ऐन, २०४९ को दफा १८ र नियमावली, २०५० को नियम ३६ अनुसार भदौ महिनाभित्र सरुवा प्रक्रिया सम्पन्न गर्नु पर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस वर्षको सरुवा प्रक्रिया व्यवस्थित र समयमै सम्पन्न गर्न आवश्यक कार्यसूची सार्वजनिक गरेको हो। सोही कार्यसूची अनुसार साउन मसान्तभित्रै कर्मचारीहरुलाई सरुवा निवेदन पेश गर्न भनिएको हो ।

सरुवा हुन इच्छुक कर्मचारीहरुले कर्मचारी मन्त्रालयको तोकेको ढाँचाको फाराम भरेर इमेल गर्नु पर्ने छ । जहाँ कर्मचारीको संकेत नम्बर,कर्मचारीको नाम,थर,सेवा समूह,श्रेणी,पद,मन्त्रालय आयोग निकायको शुरु हाजिर मिति,हाल कार्यरत निकाय लगायतका विवरण भरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा इमेल गर्न भनिएको छ ।

सरुवा हुन चाहने कर्मचारीले निजामती किताबखानामा आफ्नो पिआइएस सात दिनभित्र अनिवार्य रुपमा अद्यावद्यिक गराउनुपर्ने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष