बागमतीमा सरकारले दियो आइतबार सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले आउँदो आइतबार सार्वजनिक बिदा दिएको छ। गाईजात्राको अवसरमा सो दिन बिदा दिइएको हो।

बिज्ञापन

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी गराएको छ।

बिज्ञापन

सूचनामा भनिएको छ, ‘बागमती प्रदेश राजपत्रको खण्ड (८), संख्या ३२, प्रदेश राजपत्र भाग ३, मिति २०८१–१२–२१ मा प्रकाशित सूचनाबमोजिम यही मिति २०८२–०४–२५ गते आइतबार गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ।’

बागमती प्रदेश सरकारद्वारा कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० अनुसार गत २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद बैठकले गाइजात्रासहित अन्य चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयका आधारमा गाइजात्रा पर्व सार्वजनिक बिदा क्यालेन्डरमा समेत समावेश गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष