‘अब कर्मचारी सरुवा विधि प्रक्रियाबाटै हुन्छ, मन्त्री- सचिवको भनसुन चल्दैन्’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा मापदण्ड अन्तिम चरणमा पुगेको बताएकी छिन् । पूर्व मन्त्रीहरुको समयमा बनेका सरुवा मापदण्डलाई रद्धीको टोकरीमा फालेर मन्त्री न्यौपाने फेरि नयाँ मापदण्ड निर्माणमा जुटेकी हुन ।

बिज्ञापन

हालैमात्र नयाँ मन्त्रीका रुपमा नियुक्त भएकी भगवती न्यौपानेले पनि पूराना मन्त्रीहरुले झैं कर्मचारी सरुवालाई व्यवस्थित बनाउने भन्दै कर्मचारी सरुवा मापदण्ड बनाउनतिर अग्रसर भएको र उक्त मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको बताएकी छिन् । जबकी यस अघि अमनलाल मोदी,अनितादेवी,भानुभक्त जोशीहरु मन्त्री हुँदा यसैगरी नयाँ मापदण्ड बनाउन लगाइएको थियो ।

बिज्ञापन

बेमौसमी र बाह्रैमास कर्मचारी सरुवाका हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बदनाम बनेको भन्दै पछिल्ला चार- चार जना मन्त्रीहरुको कार्यकालको शुरुवातमै कर्मचारी सरुवासम्बन्धी नयाँ मापदण्ड बनाइएको छ । एउटा मन्त्री परिवर्तन हुन्छन्,उनलाई अगाडिको मन्त्रीले बनाएको कर्मचारी सरुवा मापदण्डमा चित्त बुझ्दैन र फेरि नयाँ कार्यदललाई अगाडि सारेर मापदण्ड बनाइने लाजलाग्दो दृश्य पछिल्लो तीन चार बर्षदेखि सामान्य प्रशासनमा देखिइरहेको विकृतीको अर्को रुप हो यो । यही विकृती र विसंगती रोक्न भन्दै कर्मचारी सरुवा मापदण्ड बनाइने उद्घोष हुन्छ,कतिपय मन्त्रीहरुले मापदण्ड पनि बनाएका छन् तर मन्त्री परिवर्तन हुने वित्तिकै पूर्व मन्त्रीको समयमा बनेको मापदण्ड चित्त बुझ्दैन र पुन अर्काे मापदण्ड बनाउने काम चल्दै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटन पटन पारदर्शी बनाउन भनेर मापदण्ड बनाएको बनायै छ । यस अघि अमनलाल मोदी मन्त्री हुँदा पनि मापदण्ड बनाइएको थियो । तत्कालीन सहसचिव बलराम रिजालको संयोजकत्वमा गठित सरुवा सम्बन्धी मापदण्ड समेत कार्यन्वयनमा आउन सकेन । यसरी सरुवाको मापदण्ड बनाउने काम अमनलाल मोदीकै समयमा शुरु भएको हो । बीचमा अनितादेवी, भानुभक्त जोशीले समेत कर्मचारी सरुवा मापदण्ड बनाए । अनिता देवी मन्त्री हुँदा उनले अहिले सम्पत्ति शुद्धीकरणतिर पुगेका सुमन दाहालको अग्रसरतामा सरुवा मापदण्ड निर्माण गरेकी थिइन । उक्त मापदण्डलाई राजकुमार गुप्ताले कार्यन्वयन गरेनन् । अहिले नव नियुक्त मन्त्री न्यौपानेले समेत पूर्व मन्त्रीहरुले झैं मन्त्रालयका सचिव र महाशाखा प्रमुखलाई बैठक राखेर कर्मचारी सरुवाको मापदण्ड बनाउन लगाएकी छिन्,उक्त मापदण्ड अन्तिम चरणमा पुगेको र सरुवा मापदण्ड निर्माण भएपछि र्कचारी सरुवा विधि र प्रक्रियाबाट मात्र हुने दावी गरेकी छिन् । उनले मन्त्री, सचिव र सहसचिवलाई भनसुन गरेर कर्मचारी सरुवा अन्त्य हुने समेत दावी गरेकी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष